9 years ago
September 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो ।
दोस्रो चरणमा पनि व्यक्तिगत खेलमा जित हासिल गरेका शान्ताले सोमबार निकिवे न्हुचुमालोलाई खेलको ४४ औं हराइन् । शान्ताको व्यक्तिगत अंक २ पुगेको छ । नेपाल च्याम्पियन सिन्दिरा जोशीले नोसिमालो मिकान्तो लाई पराजित गरिन् । सुजना लोहनीले तेमाबुयो न्कुन्यालाई र अस्मिता अधिकारीले मिथावा थाबिलेलाई हराइन् ।
पुरुषतर्फ नेपालका लागि २०९९ रेटेड केशव श्रेष्ठले २२०५ रेटेड खेलाडी जेम्स माच्यदलाई ४० औं चालमा पराजित गरे भने । सजिन महर्जनले आफुभन्दा कम रेटेड खेलाडी एनाटोनी मोन्गिलोलाई हराए । त्यस्तै भुपेन्द्र निरौलाले २१५४ रेटेड खेलाडी डेम्सी जोन माथि जित दर्ता गराउन्दा फिडे मास्टर बिलमलाल श्रेष्ठले डेबिड कन्हफलाई खेलको ३९ औ चालमा हराउन सफल भए । व्यक्तिगत रुपमा बिलमको यो दोस्रो जित हो । उनको अंक २ पुगेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]