9 years ago
September 4, 2016
काठमाडौं (हाम्रो खेलकुद )– न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । लगातार चौथो पटक उपाधि जित्ने क्रममा न्यू डायमन्डले आइतबार शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन् । कप्तान ललिता नाथले ८ र पनमिका राईले ७ स्कोर गरिन ।
पोखराको लामाचौरमा भएको फाइलनमा न्यू डायमन्डकी सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले उच्च प्रदर्शन गरेका थिए । त्यस्तै डिफेन्समा समिक्षा घिमिरेको प्रदर्शन पनि उत्कृष्ट रह्यो । सबिता लोले सर्भिसबाट ३ अंक लिदै एपिएफका खेलाडीलाई निराश बनाएकी थिइन ।
यसैगरी एपिएफले भने पुन एक पटक लामाचौरमा खराब प्रदर्शनलाई निरन्तरता दियो । एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी बिना खेल्नु परेको थियो । सरस्वती हाल जापानमा छिन् । एपिएफका रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
न्यू डायमन्डका प्रशिक्षक कुमार राईले टोलीले आफनो पुरानो साखलाई पुन फर्काएको बताए । उनले भने, एपिएफसँग हामी धेरै जसो प्रतियोगितामा हार्ने गरेको छौं । तर लामाचौरमा हामी सधै एपिएफलाई पराजित गछौं । पुन एक पटक त्यो नतिजा दोहोरिदा खेलाडीको मनोबल बढेको छ । खुसी छौं । यही लयलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।
यसैगरी कप्तान ललिता नाथले टिमले आफनो स्वभाविक खेल खेलेपछि घरेलु भलिबलमा नम्बर एक हुन समस्या नहुने बताइन ।
उनले भनिन, सबैले आज उत्कृष्ट खेले । यसले हाम्रो मनोबल बढेको छ । एनभिए कपमा राम्रो नतिजा निकाल्न सहयोग गर्नेछ । बिधागत उत्कृष्टमा पनि न्यु डायमण्डनै हाबी भयो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडिको उपाधि प्रतिभा मालीले जितिन् । यसैगरी उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ, उत्कृष्ट सेटर कृपा अधिकारी, उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक कुमार राई चुनिए ।
एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर बन्दा आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन । पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भइन् । यसैैगरी घरेलु टोेली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । टप्सले आर्मीलाई २५–१६, २५–१२, २५–१५ ले हरायो । टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन ।
प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैया पायो । विजेतालाई आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक संस्थाकी सचिव लक्ष्मी क्षेत्री पाण्डे लगायतले पुरस्कृत गरे ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]