9 years ago
August 31, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता यो महिनाको अन्तिममा सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम हुन लागेको प्रतियोगिता भदौं २८ देखि असोज ३ गते सम्म चल्ने छ । प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमासंघका महासचिव जितेन्द्र बहादुर चन्दले बताउनु भयो ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताबाट मंसिर ८ देखी ११ सम्म चल्ने लिग भलिबललाई छनोटको रुपमा लिइएको छ । प्रतियोगितामा व्वाइज तर्फ एपिएफ, नेपाल पुलिस, आर्मी, मणिमुकुन्द भलिबल क्लब, काभ्रे जिल्ला भलिबल संघ, ढोरपाटन भलिबल क्लब, जावलाखेल युथ क्लब, प्रगतिशिल युवा क्लब जिरी, हेल्प नेपाल स्पोर्टस क्लब, पश्चिमाञ्चल, नयाँ बजार युवा क्लबले खेल्नेछन् ।
यसैगरी महिला तर्फ एपिएफ, न्यु डायमन्ड, नेपाली सेना, नेपाल प्रहरी, काभे्रे जिल्ला भलिबल संघ, जावलाखेल भलिबल, ढोरपाटन भलिबल, पश्चिमाञ्चल, श्रीनगर उच्च मावि, प्रगतीशिल युवा क्लब जिरीले भाग लिनेछन् ।
प्रतियोगिताको विजेता पुरुष तथा महिला टोलीले १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ५० हजार पाउनेछ । संघकी उपाध्यक्ष निरोज मास्केले अघिल्लो बर्षको तुलनामा ७५ हजार रुपैया पुरस्कार राशीमा बृद्धि भएको जानकारी दिइन् ।
प्रतियोगितालाई मुख्य प्रायोजन गरेको ट्रिनिटी कलेजले च्याम्पियनसिपको विजेता पुरुष र महिला क्लबको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, उत्कृष्ट वेस्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही ५ हजार पाउनेछन । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई सञ्जय स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।
संघका महासचिव चन्दले प्रतियोगिताले नेपालमा नयाँ खेलाडी उत्पादन र लिग भलिबलको स्तरलाई बढाउन सहयोग गर्ने बताए । यसैगरी मंगलबार बसेको संघको बैंठकले शेर बहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्व भलिबलका राष्ट्रिय खेलाडि रञ्जन खड्कालाई संघको उपाध्यक्षमा मनोनित गरेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]