4 years ago
August 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ (एनटीए) ले तेक्वान्दो खेलाडीहरुको कोरोना भाइरस (कोभिड–१९) विमा गरिदिने भएको छ ।
कोरोनाको महामारी दिनानुदिन बढ्दै गएको अवस्थामा खेलाडीहरुको कोरोना विमा गर्ने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै एनटीए अन्तर्गतका सबै तेक्वान्दो खेलाडीहरुलाई कोरोना विमाका निम्ति सोमबारसम्म आ–आफ्नो विवरण बुझाउन आग्रह गरेको छ ।
आइतबार मात्रै स्वर्गीय लक्ष्मी नारायण मेमोरियल ट्रस्टले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भलिबल टोली (महिला र पुरुष) बिच भलिबल (महिला र पुरुष) गरी ३६ जनाको एनएलजी इन्सुरेन्सबाट प्रत्येक खेलाडीको १ लाख रुपैयाँ बराबरको विमा गराएको छ ।
भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बिच भलिबल टोलीको महिला र पुरुष टोलीमा समान ४ गरि कुल ३६ खेलाडीको विमा गरिएको हो ।
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डलाई महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नेपालले थाइल्याण्डलाई १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता […]
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टाइगर ग्रुप न्यु डायमण्ड स्पोर्टस क्लबलाई हराउँदै टाइगर कप भलिबलमा महिला तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिवार भएको दोस्रो क्वालिफायर खेलमा न्यु डायमण्डलाई पराजित गर्दै टाइगर पहिलो पटक फाइनलमा पुगेको हो । आयोजकले न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१६ ले […]
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ । ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको […]