default_image

5 years ago

August 14, 2020

भलिबल खेलाडीको कोभिड १९ विमा गराइने

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गरिदिने भएको छ ।

ट्रष्टकी अध्यक्ष अन्जु श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दैै गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गरिदिने जानकारी दिएकी छिन् । भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बीच भलिबल टोलीको महिला र पुरुष टोलीमा समान ४ गरि कुल ३६ खेलाडीको विमा गर्ने प्रतिष्ठानले जनाएको छ ।

१३ औं सागमा महिला भलिबल टोलीले रजत र महिला बीच टोलीले कास्य पदक जितेको थियो । पुरुषतर्फ भने नेपाल पदक विहिन बनेको थियो । महिला टोलीले सागमा अहिले सम्मकै ठूलो सफलता हात पार्ने क्रममा रजत पदक जितेको थियो ।

त्यसअघिका भाग लिएका तीनै संस्करणमा कास्य पदकमा सिमित भएको महिला भलिबल टोलीले यसपटक घरलु कोर्टमा एतिहासिक सफलता प्राप्त गरेको थियो । बीच भलिबल भने सागमा पहिलो पटक समावेश गरिदा त्यसमा पनि महिला टोली कास्य पदक जित्न सफल भएको थियो ।

सागका अघिल्ला दुई संस्करणमा कास्य जित्दाकी कप्तान समेत रहेकी अन्जु श्रेष्ठको पिता लक्ष्मी नारायण स्मृतिमा स्थापित ट्रष्टले अहिले खेलाडीको विमा गर्न लागेको हो । कोभिड १९ का कारण अन्य क्षेत्र जस्तै खेलाडी प्रभावित भएकोले उनीहरुको मनोबल उच्च राख्नका लागि विमा गर्न लागिएको बताइएको छ ।

अन्जुले यसै महिना भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि समेत प्रतिस्पर्धा गरेकी थिइन् । २७ जनाको आवेदनबाट ३ जना सिफारिस हुँदा अन्जु पनि त्यसमा पर्न सफल भएकी थिइन् । सरकारले सदस्य सचिवमा भने रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो ।

स्वर्गिय श्रेष्ठ नेपालको प्रथम अन्तर्राष्ट्रिय रेफ्री थिए । जापानबाट भलिबल प्रशिक्षण कोर्ष गरेका श्रेष्ठ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका संस्थापक उपाध्याक्ष र प्रशिक्षक थिए । उनको नाममा स्थापित ट्रष्टले २०६० सालदेखि हरेक वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीलाई समान १० हजार रुपैयाँबाट सम्मान गर्दै आएको छ ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

ललितपुर स्पोर्टस अवार्ड हुने

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

Success

Thank you for your time.