4 years ago
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरिडामा सम्पन्न २०२० फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अगष्ट १ र २ तारिकमा भएको च्याम्पियनसिपमा राजुले ४१ देखि ५० उमेर समूहमा विजेता बनेका थिए थिए । उनले ५.७६ अंक प्राप्त गरेका थिए । राजुले नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा भाग लिएको बताइएको छ ।
पाँचौ डान राजुले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका थिए । नेपालमा रहँदा त्रिभुवन आर्मी क्लबबाट खेलेका राजु राम्रो खेलाडी रहेको ओलम्पियन दीपक विष्टले बताएका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो मापदण्डको आधारमा रेफ्रीहरुद्वारा गरिएको ग्रेडिङ्लाई अनलाइन लाइभ स्ट्रिमिङमा खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो ।
च्याम्प्यिनसिपमा भाग लिनेका दुई खेलाडी सञ्जिव नेपालले रजत र सन्दीपा अम्गाईले कास्य पदक जितेकी थिइन् । सञ्जिवले ३१ देखि ४० वर्ष तथा सन्दीपाले २१ देखि ३० वर्ष उमेर समूहको पदक जितेका थिए ।
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डलाई महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नेपालले थाइल्याण्डलाई १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता […]
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टाइगर ग्रुप न्यु डायमण्ड स्पोर्टस क्लबलाई हराउँदै टाइगर कप भलिबलमा महिला तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिवार भएको दोस्रो क्वालिफायर खेलमा न्यु डायमण्डलाई पराजित गर्दै टाइगर पहिलो पटक फाइनलमा पुगेको हो । आयोजकले न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१६ ले […]
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ । ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको […]