5 years ago
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्देशनअनुसार अखिल नेपाल टेबल टेनिस संघले बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुने कार्यक्रम राख्यो ।
नवनियुक्त मुख्य प्रशिक्षक सन्जिव कुमार ढुंगेलले संघसँग छलफलपछि प्रशिक्षण सुरु गर्ने निर्णय गरेका थिए । संघले सुरुवातमा आठौं राष्ट्रिय खेलकुदमा क्वाटरफाइनल चरणसम्म पुगेका खेलाडीलाई बोलाउने भनेपनि सहभागी संख्या निकै कम हुने देखेपछि प्रि-क्वाटरफाइनल पुगेका खेलाडीलाई पनि बोलाउने निर्णय गर्यो । यससँगै कुल ३२ खेलाडी प्रशिक्षणमा आउन सक्थे ।
प्रतिकुल अवस्थाका कारण पहिलो दिन २ जना खेलाडी मात्र प्रशिक्षणमा आए । त्रिभुवन आर्मी क्लबकी रविना महर्जन र नेपाल पुलिस क्लबकी सोनु मगर मात्र प्रशिक्षणमा उपस्थित थिए । प्रशिक्षण दिनका लागि भने मुख्य प्रशिक्षक ढुंगेलसँगै राजेन्द्र कपाली, सन्ध्या शाक्य र मोहन बासुकला हलमा उपस्थित थिए । आवश्यक परेको अवस्थामा थप दुई प्रशिक्षक पनि बोलाउन सकिने छ ।
मुख्य प्रशिक्षक ढुंगेलले हालको अवस्थामा उपस्थित हुन सम्भव भएका खेलाडी मात्र आउने बताए । ‘हामीले सुरुवातमा क्वाटरफाइनल भनेपनि खेलाडी धेरै नहुने भएपछि प्रि-क्वाटरफाइनलसम्मका खेलाडी बोलाउने निर्णय गर्यौं । सबै खेलाडीलाई खबर गरेका छौं,’ उनले भने, ‘ उपत्यकाभित्र रहेका खेलाडी प्रशिक्षणमा आउने अपेक्षा गरेका छौं । आज २ जना आउनुभयो । अब केहि दिनमा संख्या बढ्नेछ । ‘
प्रशिक्षक ढुंगेलले आवश्यक परे राखेपको निर्देशानुसार आउने दिनमा प्रशिक्षणलाई अझ अर्को चरणमा लग्नेबारे सोच रहेको बताए । ‘हाललाई कुनै प्रतियोगिता छैन त्यसैले स्वेच्छिक रुपमा सहभागी हुन भनेका छौं । अब राखेपले प्रतियोगितालाई लक्षित गरेर प्रशिक्षण गर्न निर्देशन दिन्छ भने त्यसैअनुसार योजना अघि बढाउँछौं,’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकुद हुने सम्भावना रहयो भने शीर्ष खेलाडीलाई आवाससहित व्यवस्था गरेर बन्द प्रशिक्षण गर्नेबारे सोचेका छौं ।’
कोरोना महामारीका कारण टेवल टेनिस खेलाडीले गएको चैत महिनादेखि प्रशिक्षण गर्न पाएका छैनन् । नेपाल सरकार, वल्ड हेल्थ अर्गानाइजेसन (डब्लुएचओ) को नियमललाई पालना गर्दै कराते र ब्याडमिन्टनलगायतका खेलहरुको प्रशिक्षण सुरु भइसकेको छ ।
नेपाल सरकारले १ भदौदेखि खेलकुदको प्रशिक्षणको लागि अनुमति दिइसकेको छ । नेपाली राष्ट्रिय फुटबल टोली र क्रिकेट टोलीले १ भदौबाटै प्रशिक्षण थाल्ने योजना बनाएको छ । काठमाडौंबाहिर रहेका फुटबलका खेलाडीहरु अहिले क्वारेन्टिनमा रहेका छन् । उनीहरुले यसैसाता पिसीआर टेस्ट हुँदैछ ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]