5 years ago
August 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)— राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले अबको दुईवर्ष भित्र भलिबलको सुविधा सम्पन्न कभर्डहल बन्ने बताएका छन् । नेपाल भलिबल संघले आफ्नो स्वागतमा आइतबार आयोजना गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले आगमी दुई वर्षभित्र भलिबलको पूर्वाधार बनाउने बताएका हुन् ।
‘भलिबलको कर्भडहल बनाउने विषयमा यसअघि नै राष्ट्रपति, प्रधानमन्त्री र खेलकुद मन्त्रीका साथै अर्थमन्त्रीसँग पनि छलफल भएको छ । यसमा संघले पनि पहल लिनुपर्दछ । मिलेर गरे नसकिने भन्ने छैन ,’ उनले भने, ‘संघका पदाधिकारीलाई विभिन्न ठाउँमा जग्गा देखाइसकेको छु । कुनै उपयुक्त ठाउमा प्रक्रिया थाल्नेछौ । यसबाहेक सबै प्रदेशमा पनि कभर्डहलको लागि प्रयास गर्नेछौं ।’
भलिबल नेपालको राष्ट्रिय खेल भएपनि आफ्नै पूर्वाधार नहुनु दुर्भाग्य रहेको बताएका सिलवालले पहिलो कार्यकालमा भलिबलले नै आफूलाई सिफारिस गरेको स्मरण गर्दै भलिबलको विकासका लागि आफ्नो सहयोग सधैं रहने प्रष्ट पारे । सिलवालले भलिबलको विकासका लागि अब ग्रासरुट कार्यक्रम गर्नुपर्नेमा जोड दिदै प्रशिक्षकहरु धुलो लाग्ला की जसरी प्रशिक्षण गराईरहेको गुनासो गरे । उनले प्रमुख प्रशिक्षक र प्रशिक्षकले अब त्यस्तो गर्ने छुट नपाउने चेतावनी शैलीमा आफ्नो ध्यानाकर्षण भएको पनि बताए ।
भलिबलमा पुरुषको भन्दा महिलाको सम्भावना बढी देखिए पनि महिला र पुरुषकै उमेर समूह र ब्याकअप टिम बनाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्र्दै उनले भलिबलको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए । भलिबललाई माथि उठाउनका लागि फ्रेन्चाइज बेसमा जानुपर्ने बेला आएको र त्यसका लागि कम्तिमा महिला र पुरुषका ८ टिमबीच प्रतिस्पर्धा गराउने गरि अघि बढ्न आग्रह पनि गरे ।
राखेपका नव नियुक्त सदस्य रिम रानाभाटले नेपाली खेलकुदको विकासका लागि आफूहरुलाई सरकारले नियुक्त गरेको बताउँदै नेपाली खेलकुदलाई अन्तराष्ट्रिय करण गर्नुपर्नेमा जोड दिए । यस्तै राखेपका अर्का सदस्य इन्दिरा निरौलाले टिम वर्कमा मात्रै सबै सफल हुने भएकाले खेलकुद बुझेका व्यक्ति नै सदस्य सचिव भएर पुनः आएकाले नेपाली खेलकुदले थप उचाई लिने विश्वास व्यक्त गरिन् ।
संघका महासचिव जीतेन्द्र बहादुर चन्दले कोरोनाका कारण भलिबल संघका कार्यक्रमहरु प्रभावित भएको उल्लेख गर्दै राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काउने अवस्था नरहेको बताए । अवस्था सहज भए रोकिएका घरेलु प्रतियोगिताहरु अर्को महिलाबाट ती प्रतियोगिता सञ्चालन गर्नेमा संघले पहल गर्ने उनले बताए ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]