default_image

5 years ago

July 31, 2020

सागका स्वर्ण पदक विजेतालाई कांग्रेसको सम्मान

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ ।

पार्टी कार्यलय सानेपामा कार्यक्रमको आयोजना गर्दै कांग्रेस खेलकुद विभागले सागमा स्वर्ण जित्न सफल ८० खेलाडीलाई नगदसहित सम्मानित गरेको हो । सागमा चार स्वर्ण जित्ने जलपरी गौरिकाले सर्वाधिक २५ हजार रुपैया प्राप्त गरिन् । परिवारका साथ लन्डन बस्दै आएकी गौरिका कार्यक्रममा अनुपस्थित थिइनन् ।

यस्तै सागमा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान १५ हजार रुपैयाँ हात पारे । सागमा एक स्वर्ण जित्ने खेलाडीले समान १० हजार रुपैयाँबाट सम्मानित भए । खेलाडीहरुको सम्मानपछि पार्टी सभापति शेर बहादुर देउवाले खेलाडीको भत्ता बढाउन पहल गरिने बताए ।

कांग्रेस खेलकुद विभागका प्रमुख मोहन बहादुर बस्नेतले पहिलो चरणमा स्वर्ण धारीलाई मात्रै सम्मान गरिएको र बाँकी चरणमा रजत, कास्य पदक विजेता र प्रशिक्षकलाई पनि सम्मान गर्दै जाने बताए । उनले प्रशिक्षकहरुको कोरोना बिमा गरिदिने समेत घोषणा गरे । यस्तै संयोजक बस्नेतले नेपाली खेलकुद बिकासको लागि कांग्रेसको सिंगो पार्टी नै लाग्ने बताएका छन् ।

‘तल्लो लेभलबाट देशभरि नै खेलाडी उत्पादन गर्नु छ । त्यसपछि खेलाडीलाई व्यवस्थापन गर्नु छ । प्रशिक्षकको वृद्धि र बिकासमा पनि ध्यान दिनेछौं ’ संयोजक बस्नेतले भने, ‘खेलाडीको प्रोत्साहन भत्ता कटौतीको विषयमा हामीले बुझिरहेका छौं । खेलाडीले जति स्वर्ण जितेका छन् । त्यति नै मात्रामा प्रोत्साहन भत्ताको लागि हामी लड्नेछौं । यस विषयमा नेपाल ओलम्पिक कमिटिको ऐनले नमाने र यस विषयमा झकझक्याइरहने छौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले रकमभन्दा सम्मान ठूलो कुरा रहेको र यसले खेलाडी र प्रशिक्षकको हौसला वृद्धि हुने बताए । उनले खेलकुद उत्पादनमुलक क्षेत्र रहेको पनि बताए । खेलाडीको तर्फबाट सम्वोधन गरेका मन्डेकाजी

श्रेष्ठले सम्मान गरेकोमा खेलकुद विभागलाई धन्यवाद ज्ञापन गर्दै खेलाडीको खेल पछिको भविष्य के हुने त्यसबारे सोचिदिन आग्रह गरे ।
गत वर्ष स्वदेश आयोजना भएको १३ औं सागमा नेपालले एतिहासिक सफलता प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९७ कास्य सहित २ सय ७ पदक जितेको थियो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.