10 years ago
September 5, 2015
काठमाडौं भदौ १९ गते-
प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् ।
हरेराम जोशी स्मृति टेबलटेनिसको ब्वाइज यु–१६ सिंगल्स उपाधि विजेता श्यान्टू श्रेष्ठलाई ट्रफी प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ (दाया) ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशीलाई ११–९, ११–८ र ११–३ को सोझो सेटमा पराजित गरे । यसै स्पर्धाको गल्र्समा अघिल्लो दिन एभीएमकी दीक्षा तामाङले स्वर्ण हात पारेकी थिइन् ।
स्व. हरेराम जोशी फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको खुला पुरुष सिंगल्समा प्राइमका निहाल श्रेष्ठ पहिलो भए । उनले प्राइमै श्यान्टूलाई ११–९, ११–३, १०–१२, ३–११ र ११–७ को सेटमा हराए ।
गल्र्स यु–१२ सिंगल्समा प्रभात इङलिस उमाविकी अन्जु सुवालले विजेश्वरी उमाविकी दुर्गा राजभण्डारीको चुनौती ९–११, ११–६, ११–५, ६–११ र १४–१२ ले समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । शुक्रबार सम्पन्न यो स्पर्धाको ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली च्याम्पियन बनेका थिए ।
भेट्रान्स ४० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा ग्यालेक्सीका कपुर शर्मालाई ११–५, ११–९ र ११–९ को सीधा सेटमा पन्छाए । भेट्रान्स ५० वर्षमाथि उदयमोहन श्रेष्ठले बाजी मारे । उपाधि भिडन्तमा उनले इन्द्रशेखर खड्कालाई ११–९, ११–९ र १३–११ को सोझो सेटमा निराश पारे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं ओलम्पिक कमिटीका नवनिर्वाचित महासचिव लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, स्व. हरेरामका छोरा एवं टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशीले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]
April 29, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा हुने प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सुरु हुनेछ।पोखरामा पहिलो पटक इन्डोर हलमा भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २ विदेशीसहित ६ टोलीको सहभागिता रहनेछ आयोजक लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए […]