default_image

9 years ago

August 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा २ सय ९९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गते सम्म आयोजना गर्ने यसअघि नै निर्णय भएको थियो । मिति तय भइसकेर पनि यसअघि दुई पटक स्थगित भएको थियो । यसपटक राष्ट्रिय खेलकुदका लागि सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

7th-National-Game
सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा आइतबार सातदोबाटोमा बसेको बैठकले खेलाडी संख्या तय गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले बताएका छन् । यसपटक राष्ट्रिय खेलकुदमा ३० खेल समावेश हुनेछन् ।
जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुनेछन् । प्रत्यक्षतर्फ खेलाडी संख्या जम्मा १ हजार ५ सय ४५ रहेको छ । त्यस्तै ३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधि राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ ।
बैठकले सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ ।सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ । कांस्य पदक ४ सय ५७ छ ।
त्यस्तै बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । त्यस्तै सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ । सातौंअन्तर्गत पौडी, ट्रायथलन, शारीरिक सुगठन र एथलेटिक्सको म्याराथन सम्पन्न भइसकेको छ ।

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

अस्ट्रेलियाले टस जित्यो

एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

Success

Thank you for your time.