5 years ago
July 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले जनही पाराका प्रत्येक खेलाडीलाई जनही ५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले बताएका छन् ।
सहयोग पाउने खेलाडीमा रन्जना धामी, सृजना तामाङ, पलेशा गोबद्धन, सिता भण्डारी, विक्रम श्रेष्ठ, रामबहादुर अधिकारी, लोकराज शाही, दीपेश महत र सुबास चन्द्र राई रहेको पारा तेक्वान्दोका सचिव आलम्पियन दीपक विष्टले जानकारी दिए ।
रारीगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई रकम हस्तान्तरण गरे । रारीगुराँसले विगतमा पनि खेलाडीको प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको प्रशिक्षक लामाले जानकारी दिए ।
आलम्पियन विष्ट पारा तेक्वान्दोको स्थापनादेखि सक्रिय रहँदै आएका छन् । एनपीओ रारीगुराँसको सहयोगमा पाराका ५ खेलाडीसहित ७ जनाले गत वर्ष जापान पुगेर प्रशिक्षण अवसर प्राप्त गरेका थिए । पारा तेक्वान्दो र रारीगुराँसबीच २ वर्षको लागि सहकार्य भएपनि यो वर्ष कोभिड १९ का कारण यो वर्ष भने खेलाडी जान सकेनन् । त्यो सम्झौता अनुसार अर्को वर्ष खेलाडी प्रशिक्षणलाई जापान जाने पनि विष्टले जानकारी दिए ।
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टाइगर ग्रुप न्यु डायमण्ड स्पोट्र्स क्लबलाई हराउँदै टाइगर कप भलिबलमा महिला तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिवार भएको दोस्रो क्वालिफायर खेलमा न्यु डायमण्डलाई पराजित गर्दै टाइगर पहिलो पटक फाइनलमा पुगेको हो । आयोजकले न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१६ ले […]
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ । ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]