8 years ago
August 20, 2016
रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको ४X१०० रिले दौडमा प्रथम हुँदै उसेन बोल्टले जारी ओलम्पिकको तेश्रो र समग्र ओलम्पिक खेलको नवौं स्वर्ण पदक जितेका छन्।
यसअघि १०० मिटर र २०० मिटर दौडमा पनि स्वर्ण जितिसकेका बोल्टले जमैकाको रिले टोलीबाट खेल्दै स्वर्ण जितेका हुन्। ३७.२७ सेकेन्डमा दौड पुरा गरेको जमैकन टोलीमा बोल्टसंगै असाफा पावेल, योहान ब्लेक र निकेल अश्मियादे दौडेका थिए।
बोल्टले यसअघि २००८को बेइजिगं ओलम्पिक र २०१२को लण्डन ओलम्पिकमा पनि तिनै स्वर्ण जितेका थिए।
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गर्दै सिरिजमा २-१ को अग्रता लिएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा अलआउट […]
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा र्याली आयोजना गर्ने भएको छ । सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको आयोजना गर्ने भएको हो । र्यालीमा टोलीका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध भएका उपलब्ध हुने सबै खेलाडीको सहभागिता रहनेछ । र्यालीको तयारी […]