5 years ago
June 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका राष्ट्रिय खेलाडी विरमान लामाको निधन भएको छ । काभ्रेपलान्चोकको बेथानचोकस्थित निवासमा उनी आईतबार विहान मृत अवस्थामा फेला परेका थिए ।
२६ वर्षीय वीरमान कोरोनाका कारण सबै खेल गतिविधि रोकिएपछि गाउँ फर्केका थिए । पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन फुटबल खेलेर खान खाएपछि सुतेका उनी विहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए । क्योकुसिन करांतेबाट खेलकुद यात्रा सुरु गरेका वीरमान पछिल्लो समय उसुमा आबद्ध रहेका थिए ।
सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा उनले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएपनि खेल्न पाएका थिएनन् । उनले राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि एसियाली खेलकुदका लागि छनोट भएका थिए । उनले इन्डोनेसिया पुगेर पनि उसु संघमा विवादका कारण खेल्न पाएका थिएनन् ।
इन्डोनेसियाबाट फर्केपछि वीरमानले उसु खेलमा सहभागिता जनाएनन् । उनले घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका थिए । उनले क्योकुसिन करातेमा पनि राष्ट्रिय स्तरका प्रतियोगिता जितेका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]