9 years ago
August 9, 2016
ब्राजिलमा जारि रियो ओलम्पिक २०१६ अन्तर्गत आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अटनु दाससंग पराजय भोगेका छन्।
पहिलो चरणमा ६०७ अंक जोडेर ६०औं स्थान हासिल गरेर दोश्रो चरण पुगेका मोक्तानले र्याँकिंग राउण्डमा पाँचौ स्थान हासिल गरेका अतनु दाससंग खेलेका थिए। पहिलो सेटमा २९-२६ले हारेका मोक्तानले दोश्रो सेट २९-२४ले गुमाए।
तेश्रो सेटमा उनले खेलको दोश्रो १० स्कोर गर्दै ३०-२६ले हार व्यहोरे। जितले पहिलो र अन्तिम सेटमा एक-एक गरि जम्मा दुइओटा १० स्कोर गरे भने अतनु दासले खेल अवधिमा ९ प्रहारमा ७पटक १० प्रहार गरे।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना पदाधिकारी र सदस्यलाई वैदेशिक यात्रा गर्नबाट रोक्न सरकारको तर्फबाट विमानस्थलको अध्यागमन कार्यालयलाई पत्राचार गरेकोमा आपत्ति जनाएको छ। अदालत आदेश र सरकारको निर्देशनको वेवास्ता गर्दै मंसिरमा विशेष साधारण सभा र पुसमा अनलाइन निर्वाचन गरेपछि एनओसी पुनः विवादमा परेको थियो। एनओसी विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। एनओसीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]