9 years ago
August 9, 2016
रियो ओलम्पिक २०१६ अन्तर्गत आज नेपालको प्रतिनिधित्व गर्दै तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालको पौडीमा शिरिष गुरुङ, जुडोकी फुपु ल्हामु खत्री र आर्चरीका जित बहादुर मोक्तान खेल्नेछन्।
दोश्रो हिटमा प्रतिस्पर्धा गर्दै गरेका शिरिषले रातको ९:४७ बजे प्रतिस्पर्धा गर्दैछन्। जुडोकि फुपुले भने क्युबाली खेलाडीसंग प्रतिस्पर्धा गर्नेछिन्। जुडोमा बलियो मानिने क्युबाले उनिबाट स्वर्णपदक आशा गरेको छ। फुपुले साँझ ६:४५बजे प्रतिस्पर्धा गर्दैछिन्।
आर्चरीका जितबहादुरले आज भारतका अतनु दाससंग दोश्रो चरण खेल्दै छन्। पहिलो चरणमा ६०७अंक जोडेका मोक्तानले ६०औं स्थानमा रहेर अर्को चरण प्रवेश गरेका थिए। यो प्रतियोगितामा विश्व रेकर्ड तोड्दै प्रथम भएका दक्षिण कोरियाका किमले दोश्रो चरणमा हार व्यहोरिसकेका छन्। जीतले बेलुकी ५:४५मा प्रतिस्पर्धा गर्ने छन ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]