default_image

5 years ago

April 15, 2020

सागका पदकधारीले पाउन थाले पुरस्कार, गौरिकालाई ६२ लाख पक्का

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चार महिनाअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन  थालेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएपनि वैशाख पहिलो साता सकिनै लाग्दा खेलाडीले घोषित पुरस्कार पाउन थालेका हुन् । अधिकांश खेलाडीको खातामा भने पैसा आएको छैन ।

यसबीचमा बुधबार तेक्वान्दोतर्फ पेयर पुम्से जोडीमा पदक जित्न सफल सन्जीव कुमार ओझाले मात्रै आफ्नो खातामा रकम जम्मा भएको बताएका छन् । उनी सरकारले घोषणा गरेको पुरस्कार पाउने पहिलो खेलाडीसमेत बनेका छन् । सन्जीवले आयशा शाक्यसँग मिलेर सागमा स्वर्ण जितेका थिए । तर, आयशाले भने रकम पाएकी छैनन् । आयशा सागमा दोहोरो स्वर्ण जित्न सफल खेलाडी हुन् ।

हाम्रो खेलकुदसँगको कुराकानीमा सन्जीवले यस्तो विषम अवस्थामा पनि खातामा रकम जम्मा हुदाँ खुसी लागेको बताए । ‘यो अवस्थामा मैले खातामा रकम जम्मा होला भनेर सोचेकै थिइन । अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ । राष्ट्र सेवामा रहेकाले म पनि यसको रोकथामबारेको प्रशिक्षणमा थिए । फर्किएर आउँदा मोवाइलमा हेरे एसएमएस आएको रहेछ । एकदमै खुसी भएँ,’ विभागीय त्रिभुवन आर्मी क्लबका खेलाडीसमेत रहेका सन्जीवले भने ।

‘मैले हाम्रो सर्कलका अरु खेलाडीहरुलाई पनि सोधे तर, कसैले पनि नपाएको बताए । ढिलो चाडो सबैले पाउछ होला । तर, म भाग्यमानी बने । सायद सागमा पदक जितेकोहरुबाट पुरस्कार पाउने म नै पहिलो खेलाडी होला ।’

दोहोरो स्वर्णधारी आयशाले ढिलो चाँडो रकम पाउनेमा आशावादी रहेको बताइन् । ‘मसँग जोडी बनाएर खेलेकाले पुरस्कार रकम पायो । मैले पाइन भनेर मलाई गुनासो छैन । सबैको आ–आफ्नो खातामा पैसा आउने हो । प्रक्रिया मिल्दै र मिलाउदै होला,’ आयशाले भनिन् ।

राष्ट्रिय टिम तयारी समितिका निर्देशक तथा १३औ साग राष्ट्रिय टिम तयारी समितिको सचिव महेन्द्र राईले सबै ४९१ जना खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) मा पठाइसकेको र भोलि साँझ सम्ममा सबै खेलाडीले रकम पाइसक्ने बताएका छन् ।

‘हामीले सबै खेलाडीको विवरण, बैंक खाता नम्वर र पाउनुपर्ने रकम कोलेनिकामा पठाइसकेका छौं । तर, अझै पनि खेलाडीहरुले रकम पाइनसकेको बताएका छन् । सम्भवत भोलि साँझसम्ममा सबै खेलाडीको खातामा रकम जम्मा हुनेछ । केही बिग्रिएकाहरुले पनि एक दुई दिनमै पाउनेछ ।’ राईले भने, ‘कोलेनिकाले पनि एभरेस्ट बैंकबाट कारोवार गर्ने रहेछ । जम्मा दुई जना खेलाडीको एभरेस्ट बैंकको खाता रहेछ । एभरेस्ट बैंकको खाता भएकाले पाएको अरु बैंकको खाता भएकाले भोलि साँझसम्ममा पाइसक्ने छ ।’

यस्तै राईले १३औं सागमा व्यक्तिगतमा चार स्वर्ण, व्यक्तिगतमा २ रजत टिममा ३ कास्य जित्न सफल जलपरी गौरिका सिंहले ६२ लाख पाउने बताए । एक र टिममा स्वर्ण जित्न सफल कराँतेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान २२ लाख रुपैँया नै पाउने र त्यत्ति नै रकम पठाइएको बताए ।

उनले खेलाडीहरुको कोलेनिकामा पठाउने काम सकिएको र अब प्रशिक्षकको पठाउने प्रक्रिया अघि बढ्ने बताए । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो ।

मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकाशाका लागि सिफारिस गरेको थियो । खेलाडीको खातामा मात्रै १८ करोड ३७ लाख रुपैयाँ जाने छ । बाँकी प्रशिक्षकको खातामा हाल्नुपर्नेछ । मन्त्रालयले खेलाडी, प्रशिक्षक गरेर ६२८ जनाको खातामा रकम जम्मा गर्नुपर्नेछ । जसमा ४ सय ९१ जना खेलाडी रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेताले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो । टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ पाउने भएका छन् ।

संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जिताउने मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ र कास्यले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेताले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
सागमा जलपरी गौरिका सिंहले चार स्वर्ण ,व्यक्तिगतमा २ रजत, टिममा ३ कास्य जितेकी थिइन् । कराँतेका मन्डेकाजी श्रेष्ठले एकल र टिम कातामा स्वर्ण जितेका थिए । तेक्वान्दोकी आयशा शाक्यले दुई स्वर्ण जितेकी थिइन् । गल्फका सुवास तामाङले एकल र टिम इभेन्टस्मा स्वर्ण जित्न सफल भएका थिए ।

नेपालले १३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक गरि कुल २०६ पदक जितेको थियो । यो नेपालको साग इतिहासकै सबैभन्दा धेरै पदक हो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.