default_image

5 years ago

April 12, 2020

महिला भलिबलले आशा जगाएको वर्ष

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल । यही राष्ट्रिय खेल भलिबलका लागि वर्ष २०७६ उल्लेखनीय वर्षको रुपमा रह्यो । पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सफल आयोजना, सेन्ट्रल जोनको साभरणसभा, महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्णपदक र सागमा रजतपदक ।

यसबाट पनि भलिबलको लागि उल्लेख्य वर्ष रहेको भन्न सकिन्छ । यति हुँदाहुँदै पनि वर्षको सुरुवातमा नेपाल भलिबल संघले निकै आलोचना खेप्नुपरेको थियो । त्यसअघि यसलाई पनि हामीले भुल्नुहुदैन । नेपालको राष्ट्रिय खेलमा अन्योलता रहेको अवस्थामा तत्कालिन नेपाल सरकारले २०७४ जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेल रहेको घोषणा गरेको थियो । निश्क्रिय जस्तै रहेको अवस्थामा नेपाल भलिबल संघमा दान बहादुर तामाङको नेतृत्व आएपछि भलिबलले गति लिन थालेको थियो । त्यसमै हालका अध्यक्ष मनोरन्जनरमण शर्माले निरन्तरता दिने काम गरे ।

नेपाल भलिबल संघले गठन गरेको पाँच सदस्यीय खेलाडी छनोट समितिले जेठमा २५ सदस्यीय नेपाली भलिबल टोली तयार पार्दा नेपाल भलिबल संघ निकै आलोचित बन्न पुगेको थियो । एकैपटक नियमित कप्तान र उपकप्तानसहित केही स्टार खेलाडीहरुलाई बाहिर राख्दै टोली तयार पारेपछि संघले चर्काे आलोचना खेप्नु परेको थियो ।

‘दुई महत्वपुर्ण प्रतियोगिता तर, सबै फ्रेस खेलाडी’ यस्तोमा खेलाडी छनोटको क्षमतामा प्रश्न उठ्नु स्वभाविक नै हो । तर, यही टोलीले लगातारको प्रशिक्षणले नेपाली महिला भलिबललाई माथिल्लो स्तरमा ल्याइदिए । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३३ वर्षपछि नेपाली महिला भलिबल टिमले ऐतिहासिक स्वर्णपदक जित्न सफल भएको थियो ।

कात्तिकमा बंगलादेशमा ५ राष्ट्र सम्मिलित प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा एक सेट पनि नगुमाई अपराजित रहँदै नेपालले ऐतिहासिक स्वर्ण जित्न सफल भएको थियो । यो नै नेपाली भलिबलको इतिहासमा सबैभन्दा ठुलो सफलता हो । फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

विसं २०४३ बाट सुरु भएको महिला भलिबल यात्राको झन्डै ३३ वर्षे यात्रामा नेपाली भलिबलले पाएको यो नै सबैभन्दा ठुलो सफलता हो । त्यतिबेला नेपाली टोलीले बैंककमा थाइल्यान्डसँग मैत्रीपुर्ण खेल खेलेको थियो । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो सहभागिता मै नेपाली टोलीले कांस्य जितेको थियो ।

सन् २००६ मा १०औं तथा २०१६ को १२औं सागमा पनि कांस्य जितेको थियो । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो । त्यसलगत्तै नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि ऐतिहासिक रजतपदक जित्न सफल भएको थियो ।

साग खेलकुदको इतिहासमा कास्यपदक भन्दा अघि बढ्न नसकेको नेपाली महिला भलिबल टोली स्वर्णनजिक पुगेर पनि अन्तिममा चुक्दा रजतमा सीमित बन्न पुगेपनि नेपालले प्रतियोगिताभर मन जित्ने र उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले भारतलाई पहिलोपटक दुई सेट जितेर कीर्तिमान रच्यो ।

त्यसैले महिला भलिबल टोलीले नेपाली खेलकुदमा सम्भावना देखाएको छ । सेन्ट्रल जोनको सफलताले नेपाली भलिबल एसियाली स्तरमा प्रवेशको लागि ढोकासमेत खोलेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सागमात्र कुर्नुपर्ने स्थिति अन्त्य भएको छ । एसियन गेम्स र सेन्ट्रल एसियन गेममा वार्षिक रुपमा भाग लिने अवसर खुल्ने पक्का छ ।

भाग्यमानी अरुणा

नेपाल भलिबल संघको खेलाडी छनोट समितिले नियमित कप्तान र उपकप्तनलाई नै प्रारम्भिक टोलीमा नसमेटेपछि टोलीले यसपटक नयाँ कप्तान पाउने पक्कै थियो । कप्तान नियुक्त हुनुअघि नै हाम्रोखेलकुदले कप्तानका पाँच दावेदारको रुपमा अरुणा शाहीसँगै कमला पुन, रेश्मा भण्डारी, प्रतिभा माली र सरस्वती चौधरीलाई उभ्याएको थियो ।

नेपाल भलिबल संघले २८ असोजमा एभीसी एसियन सेन्ट्रल जोन र १३औं सागको लागि प्रशिक्षणमा थाइल्यान्ड जानुअघि अरुणालाई नेपाली टोलीको कप्तानमा नियुक्त गर्यो । यस्तोमा पहिलोपटक कप्तानी गर्ने मौका पाएको अरुणा शाही निकै भाग्यमानी सावित भइन् । उनी नेपाललाई च्याम्पियन बनाउने पहिलो कप्तान बनिन् । अरुणाकै कप्तानीमा नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एकमा स्वर्ण र अर्काेमा रजत जित्न सफल भइन् ।

नेपाालले कात्तिकमा बंगलदेशमा सम्पन्न प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यापम्पियनसिपमा स्वर्ण जित्दा अरुणाले टोलीको कप्तानी सम्हालेकी थिइन् । लगत्तै मंसिरमा काठमाडौंमा सम्पन्न १३औं सागमा पनि नेपालले रजतपदक जित्दा अरुणाले टोलीको कप्तानी सम्हालेकी थिइन् ।

अरुणाले २०१३ मा माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । त्यसपछि अरुणाले भारतसँगको मैत्रीपुर्ण, दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् ।

पुरुषमा खस्कदो प्रदर्शन

महिला भलिबल टोलीले उल्लेख्य सफलता हात पारेपनि यो वर्ष पुरुष भलिबल टोलीको प्रदर्शन उल्लेख्य हुन सकेन । पुरुष टोलीले काठमाडौंमा नै आयोजना भएको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समुह चरण पार गर्न सकेन । ६ राष्ट्र सम्मिलित सेन्ट्रल जोनमा नेपाल पाँचौ भयो । १३औं सागमा पनि राम्रो प्रदर्शन हुन सकेन । पुरुष टोलीमा अझै पनि लगानीको खाँचो देखिएको छ ।

घरेलु भलिबल

घरेलु भलिबलमा विभागीय टोलीकै वर्चस्व रहन्छ । राम्रो खेल देख्ने बित्तिकै विभागीय टोलीले विभाग बाहिरका खेलाडीलाई क्लबमा अनुबन्धित गरिहाल्छन् । त्यसैले पनि विभागी टोलीले वर्चस्व जमाइरहेका हुन्छन् । वर्ष २०७६ मा पनि पुरुष र महिला दुवैमा विभागीय टोलीले नै वर्चस्व जमायो । महिलामा एपिएफले यो वर्ष ८ प्रतियोगिताको फाइनल खेल्दा ७ प्रतियोगिताको उपाधि जित्दै आफ्नो वर्चश्व कायमै राख्यो ।

एपिएफले यो वर्ष आठौं राष्ट्रिय खेलकुद, शेर बहादुर स्मृति महिला भलिबल, नुवाकोट उपमेयर गोल्डकप, न्यु डायमन्ड कप, एनभिए क्लब भलिबल, ढोरपाटन डबल लिग र दिदी बहिनी कपमा च्याम्पियन बन्न सफल भयो । एपिएफले प्रधानमन्त्री कपको फाइनल मात्रै गुमायो ।

महिलामा नेपाल एपीएफ क्लबले वर्चस्व जमाएपनि अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै दुई उपाधि जित्न सफल भयो । पुलिसले पोखरा लामाचौरमा सम्पन्न महिला भलिबलमा न्यु डायमन्डलाई तथा फागुमा नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कपमा एपिएफलाई हराउदै उपाधि जित्न सफल भयो । पुलिसले ५ प्रतियोगिताको फाइनल खेलेपनि दुईमा सफलता पायो ।

घरेलु भलिबलमा विभागयि टोलीलाई टक्कर दिने ज्यु डायमन्डले औसतको प्रदर्शन गर्दा आर्मीको प्रदर्शनले स्थिरता पाउन सकेन । एक समयको नेपाली भलिबलमा एकछत्र राज गर्ने साविक पश्चिमाञ्चल हालको गण्डकी प्रदेशको भलिबल लगातार ओरालो लाग्यो । आफ्नो खेलाडी जोगाउन नसक्दा गण्डकीले खेल्नै नसक्ने अवस्था सिर्जना भयो ।

पुरुषतर्फ घरेलु भलिबलमा पुरुषतर्फ यो वर्ष मिश्रित नतिजा निकाल्यो । आर्मी र पुलिसले समान ३ उपाधि जित्दा हेल्प नेपालले एक उपाधि जित्न सफल भयो । आर्मीले प्रधान सेनापति, दिवाकर स्मृति र इनरुवा मेयरकपको ृपाधि जित्दा पुलिसले आठौं राष्ट्रिय खेलकुद, पाथिभारा र प्रगतिशलि पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । तीन भारतीय खेलाडी समावेश गरेको हेल्प नेपालले एनभिए क्लब भलिबलको उपाधि जित्न सफल भयो ।

चोटग्रस्त खेलाडीको लामो सुची

भलिबललले उल्लेख्य सफलता पाएको वर्ष ७६ मै भलिबलमा चोटको सिरिज नै चल्यो । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण र १३औं सागमा नेपाललाई ऐतिहासिक रजतपदक दिलाउदाका टोलीकी महत्वपुर्ण सदस्य प्रतिभा मालीले एनभिए क्ल बलिग च्याम्पियनसिपको फाइनल दौरान चोट बोकिन् । माघमा प्रतिभाको चोटबाट सुरु भएको सिरिज फागुन अन्त्यसम्म चल्यो ।

दिदी बहिनी कप दौरान राष्ट्रिय टोलीकै महत्वपुर्ण खेलाडी सरस्वती चौधरीले चोट बोकिन् । त्यसपछि एपिएफकी महत्वपुर्ण सदस्य नेविक चौधरीले पनि चोट बोकिन् । फागुन चौथो साता नेपालगन्जमा सम्पन्न भएको प्रधानमन्त्री कपमा एपिएफकै कप्तान विनिता बुढाथोकीले पनि चोट बोक्न पुगिन् । प्रतिभा आउदो फागुनसम्म कोर्ट बाहिर रहनेछिन् । सरस्वती, नेविका र विनिताले केही समयको विश्रामपछि खेलनमा फर्कन सक्नेछन् । पुरुषतर्फ कुलबहादुर थापा, द्धारिका थापा चोटबाट पूनरागमन गर्ने प्रयासमा छन् ।

भलिबलले वर्ष ७६ मा यति ठुलो सफलता हात पार्दा पनि अझै खड्किएको कुरा भनेको संघको आफ्नै कभर्डहल नहुनु हो । यसबारे सरोकारवाला पक्षले ध्यान नदिएको हैन । विगतमा पनि पटक पटक योजना अगाडी आएर निर्माण कार्य भने हुन सकेको थिएन । अब कभर्ड हल निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउनु अपरिहार्य छ ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

ललितपुर स्पोर्टस अवार्ड हुने

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ। अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद […]

Success

Thank you for your time.