9 years ago
July 29, 2016
बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्रबहादुर पुन मगरको बिहिबार ४५ वर्षको उमेरमा देहवासान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सरबाट पीडित थिए ।
उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो । उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजिव श्रेष्ठ, बक्सिङ्गसम्बद्धहरु, खेलाडी, खेलकर्मी लगायतले श्रद्धान्जली अर्पण गरेका थिए । मगरको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि गृह जिल्ला तनहुं लगिएको छ ।
स्व. मगरले २०५१ र ५३ मा भएका राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै १९९७ मा दिल्लीमा भएको वाईएमसिए अन्तराष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप र १९९८ मा मनिलामा आयोजित मेयर्स कपमा कास्य पदक जितेका थिए । ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भएका मगरको श्रीमती, एक छोरा र एक छोरी छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]