5 years ago
March 24, 2020
एजेन्सी – चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ ।
आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्काे वर्षको समरमा सर्ने जनाएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच ओलम्पिक सरेको हो । यसअघि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णयमा अडिग रहेपनि चौतर्फी दवावपछि आइओसीले निर्णय परिवर्तन गर्दै ओलम्पिक एक वर्ष पछि सार्न सहमत भएको हो ।
आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएको थियो । तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो ।
अब ओलम्पिक अर्काे वर्षको समरमा हुनेछ । अर्को वर्षको लागि मिति भने तोकिएको छैन । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो । ‘हामीलाई प्राप्त सुचना अनुसार अब २४ जुलाईबाट ओलम्पिक खेल सुचारु हुनेछैन । अर्था अब अघि बढ्ने प्यारामिटरहरु निर्धारित गरिएको छैन । हामीले खेलहरु स्थगित गरिसकेका छौं । अब समस्याको समाधान भएको छ ,’ आइओसी सदस्यले भने ।
यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्काफ) ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]