5 years ago
March 23, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अष्ट्रेलिया र क्यानडाले जापानमा अबको चार महिनापछि हुने टोकियो ओलम्पिक २०२० मा आफ्नो खेलाडी नपठाउने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण अष्ट्रेलिया र क्यानडाले जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक स्थगित गर्नुपर्ने माग गर्दै यथास्थितिमा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने निर्णग गरेको हो । क्यानडाको ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले खेलाडीको स्वास्थ्य ठूलो विषय रहेको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन् ।
‘यो खेलाडीको मात्र स्वास्थ्यको विषय होइन । अब यो सर्वसाधारणको स्वास्थ्यको विषय बनिसकेको छ,’ क्यानेडियन ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले भनेको छ । यसअघि विभिन्न देशको ओलम्पिक कमिटीले टोकियो २०२० ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राख्दै आएपनि ओलम्पिक स्थगित नगरेका खेलाडी नपठाउने निर्णय गर्ने क्यानडा पहिलो राष्ट्र हो । यस्तै, अस्ट्रेलियाले पनि यस्तै अवस्थामा टोकियो ओलम्पिक आयोजना भए खेलाडी नपठाउने निर्णय गरेको छ ।
टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । आइतबार मात्रै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले टोकियो ओलम्पिकबारे चार सातापछि अन्तिम निर्णय गर्ने बताएको थियो । आईओसीले ओलम्पिक रद्द गर्न नसकिने भन्दै तत्कालका लागि स्थगित गर्ने वा एक वर्षपछि सार्ने भन्ने निर्णय गर्न चार हप्ताको समयसीमा राखेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]