5 years ago
March 23, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक सार्ने तयारी गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आईओसीले ओलम्पिक स्थगित गर्ने वा केही महिना पछि गर्ने भन्ने विषयमा निर्णय लिनको लागि चार हप्ताको समय लिएको छ ।
विश्वभरका एथ्लेटिक्स संघ र राष्ट्रिय ओलम्पिक कमिटिको दबाबबीच आईओसीको कार्यकारी बोर्डको आइतबार बसेको बैठकले तत्काल ओलम्पिक स्थगित गर्ने समय नरहेको र यसका लागि चार साताको समय लिइएको बताएको छ । राष्ट्रिय ओलम्पिक कमिटिहरुले ओलम्पिक सार्न आईओसीमाथि दबाब बढाईरहेका छन् ।
‘विश्व अहिले असामान्य स्थितिमा छ । बोर्डले आज आईओसीको परिदृष्यको योजनाको अर्को कदम सुरु गरेको छ । यी परिदृष्य सन् २०२० को जुलाई २४ देखि अगाडी बढ्नका लागि सञ्चालनमा रहेका योजनाहरु परिमार्जन गर्न र खेलको सुरुको मिति परिवर्तन गर्न सम्बन्धित छ ।’ बैठकको निर्णयमा भनिएको छ । ‘रद्ध गर्ने कार्यसुचि हैन । तर स्केल्ड डाउन खेलहरु पनि विचार गरिनेछ । प्रतियोगिता केही महिना स्थगित वा पुरै बर्ष भन्ने बिषयमा निर्णय हुन सक्ने बताईएको छ ।’
आइओसीका अध्यक्ष थोमस वाचले बैठकको निर्णयबारे जानकारी दिदै तत्काल ओलम्पिक स्थगित गर्ने निर्णय नभएको र स्थगित गर्नु मात्रै समस्या समाधानको विषय नहुने बताउँदै त्यसका लागि चार साताको समय लिइएको प्रस्ट पारे । जापानले टोकियो ओलम्पिक निर्धारित समयमा गर्न आफु प्रतिबद्ध रहेको बताएको थियो । जापानले ओलम्पिक टर्च ग्रीसबाट आफ्नो देशमा ल्याइसकेको छ । शनिबार मात्रै जापानमा ओलम्पिक टर्च सार्वजनिक गरिएको थियो ।
बेलायत ओलम्पिक कमिटिका अध्यक्ष सर ह्युग रोबर्टसनले आईओसीको कार्यकारी बोर्डको निर्णयको स्वागत गर्दै हामीले गरेको ओलम्पिक खेलको स्थगनको सन्दर्भमा सकरात्मक निर्णयको पर्खाइमा रहेको बताएका छन् । उनले एथ्लेटिक्सको सन्दर्भमा भने छिटो निर्णय गर्न आग्रह गरेका छन् । बेलायत लगायत करिव १ सय बढी ओलम्पिक कमिटिले खेल स्थगित गर्न आईओसीलाई सुझाव दिदै आएका छन् ।
कोरोना भाइरसकै कारण युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए)ले २०२० जुनमा तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसनले जुनमा नै तय भएको कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरिसकेको छ । अन्य खेलकुद पनि ठप्प प्रायः छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]