default_image

9 years ago

July 28, 2016

भारतविरुद्ध नेपालको सन्तोष जनक प्रदर्शन

139 views

0 Bookmark

काठमाडौं, साउन १३

नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हरायो ।

Pratibha Mali shooting against India

घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा अन्तिम सेटमा भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको लगातार दुई स्पाइएकले २ अंक जोडे पछि नेपाल २४–२२ को अवस्थामा चुके पछि नेपाल ३–० को सोझो सेटमा हारेको थियो ।

कप्तान एवम सेटर बिनिता बुढाथोकीले अन्तिममा खेल नियन्त्रणमा राख्न नसकेको बताईन । उनले भनिन, ‘मैले अन्तिम समयमा प्रतिभालाई स्पाइक नदिने निर्णय गरे । किनकी प्रतिभालाई ब्लक आइरहेको छ । तर त्यो निर्णय गलत सावित भयो ।’

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभाले सर्वाधिक २६ स्कोर गरिन । उनी खेलकै सर्वाधिक स्कोर गर्ने खेलाडी हुन । र नेपालको तर्फबाट दोस्रो सर्वाधिक स्कोर गर्ने खेलाडी अरुणा शाही बनिन । उनले ७ स्कोर, सरस्वती चौधरीले ६ स्कोर गरिन ।

नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले घरेलु टोलीमा आफनो टोलीमा उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले भने, हामीले आफनो स्तर अनुुसार राम्रो खेलेको हौ । उनीहरुको जम्प रिच र स्पाइक राम्रो थियो । अनुभवमा मेरो टोली कमजोर छ ।’

भारतीय महिला टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालले आज राम्रो खेल खेलेको बताइन । उनले भनिन, ‘ विगतको भन्दा उनीहरुले राम्रो खेलेको हुन । मेरो विचारमा उनीहरुले अझ सुधार गर्न सक्छन । उनीहरुमा अनुभवको कमी छ । आजको खेलमा नेपालको डिफेन्स र ब्लक कमजोर थियो ।’

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.