9 years ago
July 27, 2016
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट क्यान (क्यान) माथिको निलम्बन तत्काल फुकुवाको हुने सम्भावना देखिएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधि मण्डल दुई दिनदेखि राजधानीमा नेपाली क्रिकेटका सरोकारवालाहरु सँग छलफलमा जुटेपनि त्यसले निलम्बन फुकुवाको संकेत देखिएको छैन ।
आइसिसी प्रतिनिधि मण्डलसँग राखेप सदस्य सचिव केशबकुमार विष्ट (बायाँबाट दोस्रो) ।
क्यान विवादको एउटा मुख्य कारक बन्दै आएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टसँग आइसिसीका प्रतिनिधिबीच बुधबार भेट भएको छ । तर, बिष्टले भने आफुले विवाद समाधानको पहल गर्न पुरानै प्रस्ताव अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिए क्यान विवाद समाधान हुने तर्क गरेका छन् । उनले आइसिसी प्रतिनिधिसँग पनि त्यहि भनाई दाहोराएका छन् ।
क्यानलाई निलम्बन गर्ने आइसिसीले नेपालको पछिल्लो अवस्था बुझ्न तीन सदस्यीय टोली नेपाल पठाएको हो । टोलीमा एसियन डेभलप्मेन्ट मेनेजर बन्दुला वार्नापुरा, फाइनान्स मेनेजर अमर शेख र लिगल सेक्सनका चिफ प्रमुख पाउल म्याकमोहन रहेका छन् ।
प्रतिनिधि मण्डलसँगको भेटपछि विष्टले भने,‘जसको गल्ति भएपनि अब यहि अवस्थामा बसिरहने कुरा हुन्न । मुद्दा फिर्ता भयो भने सरोकारवालसासँग बसेर आइसिसीसँगको समन्वयमा अघि बढ्न हामी तयार छौं । ’
एकातिर सरकारी हस्तक्षेप र अर्कोतिर विवादस्पद निर्वाचन भएको कारण देखाउँदै आइससिीले वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । मंसिर अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । त्यसलाई मान्यता नदिएको भन्दै राखेपले पुसमा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गर्यो । त्यसको केही दिनपछि निर्वाचित समितिले राखेपलगायतलाई १६ जनालाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधिन छ ।
आइसिसीको प्रतिनिधि मण्डलले मंगलबार क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र टंक आङबुहाङ, निर्वाचित समितिका अध्यक्ष चन्द र उनको समितिका पदाधिकारीसँग भेट गरेको थियो । त्यस्तै प्रतिनिधिहरुले नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासँग पनि भेट गरेका थिए । क्यानलाई निलम्बन गरेपछि आइसिसीले राजु बैंकटपतिसहित टमाटा र पारसको तीन सदस्य नेपाली क्रिकेट टोलीको छनोट समिति गठन गरेको थियो । आइसिसीकै अगुवाईमा नेपालले साउनको २९ र ३१ गते नेदरल्यान्ड्सँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारी गरिरहेको छ ।
प्रतिनिधि मण्डलले बिहीबार क्रिकेटका सरोकारवाला सबैपक्षसँग संयुक्त बैठक गर्नेछ । सदस्य सचिव विष्टले आफ्नो प्रस्ताव संयुक्त बैठकमा छलफल हुने बताएका छन् । प्रतिनिधि मण्डल, विष्ट र दुई क्यानका अध्यक्ष र महासचिवबीच संयुक्त बैठक हुने बताइएको छ । विष्टले भने ‘हाम्रो प्रस्तावमाथि संयुक्त बैठकमा छलफल हुन्छ । सबै पक्ष तयार भए हामी शून्यबाट काम गर्नेछौं ।’ मुद्दा फिर्ता लिने विषयलाई निर्वाचित समितिले अस्वीकार गर्दै आएको छ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]