default_image

9 years ago

July 27, 2016

भारतलाई हराउने लक्ष्य

141 views

0 Bookmark

काठमाडौं । नेपालभलिबल संघको आयोजनामा हुन लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपालले छिमेकी मुलुक भारतलाई पराजितगर्ने लक्ष्य राखेको छ ।
एफआइभीबीको सहयोगमा प्राप्त भएको जरफ्लोर टारा फ्लेक्सको उद्घाटनको अवसरमा संघले छिमेकी मुलुक भारत सँग दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

vi

नेपाली टिमका मुख्यप्रशिक्षक सुदेश कुमार रिमालले प्रतियोगिताको तयारीबाट सन्तुष्ट रहेको बताउदै मैत्रीपूर्ण खेलमाभारतलाई हराउने लक्ष्य राखेको बताए । ‘खेलाडीहरुले एकमहिनानिरन्तर प्रशिक्षण गरेका छन् । भारत हामीभन्दा केहीमाथिल्लो तहको टिम हो । जित्ने नै लक्ष्य छ ।’ प्रशिक्षक रिमालले भने, ‘जित्न नसकेपनि भारतविरुद्ध उत्कृष्ट खेल खेल्नेछौ ।’ १२ औं सागमाभन्दा अहिलेको टिम राम्रो रहेको र घरेलु प्रतियोगिताहरु धेरै खेलेपनिपनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले खेलाडीहरुको मनोबल बढ्ने प्रशिक्षक रिमालले थपे । छोटो तयारीकाकारण भारतजस्तो बलियो टिमसँग उत्रन नयाँ खेलाडीहरु नउतारिएको पनि प्रशिक्षक रिमालले बताए । ‘हामी सँग नयाँ प्रतिभाहरुपनि छन् । तर, भारतजस्तो बलियो टिमसँग खेल्नुपर्ने भएकाले नयाँलाई मौकादिन सकिएन ।’ प्रशिक्षक रिमालले थपे, ‘पुरानै खेलाडी भएपनि नेपालले भारतलाई कडा टक्कर दिने उनको विश्वास छ ।’ नेपाली टिमी कप्तान विनिता बुढाथोकीले मैत्रीपूर्ण खेलमाभारतसँग नै खेल्न पाउनु ठुलो रहेको बताईन् । ‘यसले नयाँआउने खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने विश्वास लिएको छु ।’ कप्तान विनिताले भनिन्, ‘हामीले भारतसँग खेलिरहेको छौं । भारतको टिम फर्मेसन अनुसार रणनीति बनाएर खेल्ने योजना छ । सम्भवत खेल प्रतिस्पर्धात्मक नै हुनेछ ।’
यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक वैशाली फड्तरेले नेपालको निमन्त्रण स्वीकार गरेर नेपालमा खेल्न आएको बताईन् । ‘पक्कै पनि भारत नेपाल भन्दा माथिल्लो स्तरको टिम हो । तर, नेपाललाई घरेलु भुमिमा पराजितगर्न कठिन हुन्छ ।’ प्रशिक्षक फड्तरेले भनिन्, ‘नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक नै हुने विश्वास लिएको छु ।’ भारतीय टोलीमा १२ औं सागका अधिकांश खेलाडीहरुको बाहुल्यता छ । १४ सदस्यीय टोलीमा १२ औं साग खेलेका ९ खेलाडी समावेश छ । भारतीय टिमको कप्तानी पूर्णिमा एमएसले गर्नेछिन् । यस्तै टिममा रेखा, निर्मला, श्रुति, नरमन्दा, स्मिसा, जोसेफ, कन्डोथ, प्रिति, जेरिन, जिनी र प्रियांका छन् ।
भलिबल संघको बार्षिक कार्यक्रमअन्र्तगत यो तेस्रो कार्यक्रम हो । संघले भारतविरुद्धको खेलका लागि साउन ६ गते नै अन्तिम १२ सदस्यीय खेलाडी छनोट गरिसकेकको थियो । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कवर्डहल मादिउसो साँढे एक बजेपछि शुरु हुनेछ ।
खेलकालागि टिकटको पनि व्यवस्था गरिएको छ । साधरण प्यारफिटतर्फ २ सय तथा रेगुलर तर्फ ५ सयको व्यवस्थागरिएको संघले जनाएको छ । प्रतियोगिताआयोजनागर्न करिव ६ लाखखर्च हुने संघको अनुमान गरेको छ ।
नेपाली टिम (बक्समा)
विनिता बुढाथोकी (कप्तान), मञ्जु गुरुङ (उपकप्तान), रेश्मा भण्डारी, सरस्वती चौधरी, नेविका चौधरी, अरुणा शाही, कमला पुन, कोपिला उप्रेती, उषा विष्ट, मनिषाचौधरी, कृपा अधिकारी र प्रतिभा माली रहेका छन् ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.