5 years ago
March 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी खुट्टाको शल्यक्रिया भएको छ ।
बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । उनको खुट्टामा प्लास्टर पनि गरिएको जानकारी दिँदै केसीले भने, ‘शल्यक्रिया राम्रो भएको डाक्टरहरुले बताउनुभएको छ । प्लास्टर १२ सातासम्म राख्नुपर्छ भन्नुभएको छ । त्यसपछिको सुधारको अवस्था हेरेर मात्र कहिलेबाट खेल्न मिल्छ भन्ने अवस्था हुन्छ ।’
फागुन २१ गते नेपाल पुलिस क्लबविरुद्ध नेपालगन्जमा छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् ।
नेपालगन्जबाट फर्केपछि विनिता एपिएफ अस्पतालमा भर्ना भएकी थिइन् । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी विनिताको नेतृत्वमा एपिएफले घरेलु भलिबलका अधिकांश प्रतियोगिताको उपाधि जितेको छ । विनिताले झन्डै दुई दशक राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन् । उनले सन् १९९९मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) को आठौं, दशौं (२००६), १२ औं (२०१६) र १३ औं (२०१९) मा भलिबलबाट कास्य पदक जितेकी थिइन् ।
पछिल्लो १३ औं सागमा भने उनले बीच भलिबलमार्फत देशका लागि पदक दिलाएकी थिइन् । विनिताअघि टोलीका मुख्य खेलाडी सरस्वती चौधरी र नेविका चौधरी घाइते भएर आराम गरिरहेका छन् । विनिताले उनै नविकासँगको जोडी बनेर १३ औं सागमा कास्य पदक जितेकी थिइन् ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]