9 years ago
July 26, 2016
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा भारतविरुद्ध हुने मैत्रीपुर्ण महिला भलिबल खेलको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन्।
अन्तर्राष्ट्रिय भलिबल महासंघले दिएको म्याटको उद्घाटन गर्ने अवसरमा साउन १३ र १४गते मैत्रीपुर्ण खेल्न लागिएको हो । गत एक महिना देखि बन्द सत्रमा रहेको टोलिले यस खेल जित्नकै लागि खेल्ने चन्दले बताए ।
‘यो मैत्रीपुर्ण खेल हो तर हामी जित्नकै लागि खेल्छौं । फिभाको नियमानुसार म्याट राखेपछि अन्तराष्ट्रिय स्टारको खेल आयोजना गर्ने र यसैका लागि हामीले खेलाडीलाई १ महिना देखी बन्द प्रशिक्षणमा राखेका छौं । त्यसैले मैत्रीपुर्ण खेल पनि हामी जित्ने उद्देश्यका साथ खेल्नेछौं ।’ , महासचिव चन्दले भने।
मैत्रीपूर्ण खेलका लागि भारतीय सिनियर टोली बुधबार काठमाडौं आइपुग्नेछ । ‘भारत विरुद्ध हुने दुइ मैत्रीपूर्ण खेलले खेलाडीको प्रतिभा निखार्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’महासचिव चन्दले थपे।
भलिबलका प्रशिक्षक शुदेस कुमार रिमालले भारत नेपाल भन्दा राम्रो टोलि भएपनि जितका लागि उत्रिने बताए। ‘टोलीमा नयाँ अनुहार छैन । तर तयारी राम्रो भएको छ त्यसैले हामी जित्नेमा आशावादी छौं । जित भन्दा पनि हामी राम्रो प्रदर्शन गर्नेछौं,’ प्रशिक्षक सुदेशले भने । पुरानै टोलि रहेकाले खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको पनि उनले बताए।
कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेल सामग्री हस्तान्तरण गर्दै खेलाडीलाई राम्रो खेल खेल्न शुभकामना दिएका थिए ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]