5 years ago
March 11, 2020
एजेन्सी – जिम्बावेसँगको दुई टि ट्वान्टी सिरिजमा घरेलु टोली बंगलादेशले क्लिनस्विप गरेको छ । दोस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज २–० ले जितेको हो ।
बुधबार १ सय २० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १५.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा ओपनर लिटन दास ४५ बलमा ८ चौका सहित ६० रनमा अविजित रहे । मोहम्मद नईम ३४ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भए ।
बंगलादेशलाई नईम र दासले पहिलो विकेटका लागि १०।४ ओभरमा ७७ रनको साझेदारी गर्दै सहज जित दिलाए । सौम्य सरकारले १६ बलमा २ छक्का सहित २० रनमा अविजित रहँदै सहज जित पक्का गरे ।
त्यसअघि शेर बंगला नेशलन स्टेडियम मिरपुर ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । जिम्बावेका ब्रेन्डन टेलर ४८ बलमा ६ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहे ।
क्रेग इरबिन २९ र सिकन्दर राजाले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहमान र अल अमिन हसनले २–२ विकेट लिए । पहिलो खेलमा बंगलादेश ४८ रनले विजयी भएको थियो । तीन ओडीआई सिरिज पनि बंगलादेशले क्लिनस्विप गरेको थियो ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]