default_image

9 years ago

July 24, 2016

क्यान्सर पिडित ईन्द्रलाई नेपाल बक्सिङ्ग संघको सहयोग

139 views

0 Bookmark

नेपाल बक्सिङ्ग संघको नया कार्यसमितिका पदाधिकारीहरुले बक्सिङ्ग खेलाडी इन्द्र बहादुर राना मगरलाई रु. १,१२,५००/– (अक्षरुपी एक लाख बाह्र हजार पाच सय) सहयोग गरेको छ ।

BA helps ex player

विगत एक वर्ष देखि क्यान्सर पिडित भई नेपाल क्यान्सर हस्पिटलमा उपचाररत खेलाडी इन्द्रलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष श्री राम अवालेले उक्त रकम हस्तान्तरण गरे । उक्त रकम हस्तान्तरणमा नेपाल बक्सिङ्ग का मुख्य प्रशिक्षक प्रकाश थापामगर, पुर्व बक्सिङ्ग खेलाडीहरु ओम नारायण श्रेष्ठ, रत्न अवाले, श्याम अवाले, पुष्करराज पन्त, राजन प्रजापति, मनोहर बस्नेत लगायतको उपस्थिति थियो । इन्द्रको उपचारमा उपचाररत डाक्टरहरुको टीममा संलगन एक जना डा. कपिन्द्र अमात्यका अनुसार ईन्द्रको अवस्था अहिले त्यति राम्रो छैन । उहाको आन्द्राको धेरै भागमा क्यान्सर फैलिईसकेको छ ।

लामो समय देखि उहाको मलद्वारमा दिशा जमेको अवस्था रहेको थियो । उहाको पेटका लगभग सवै आन्द्रामा नै क्यान्सरको संक्रमण भई दिशा गर्ने बाटो नै बन्द रहेको अवस्थामा हामीले श्रावण ४ गते मंगलबार एउटा अप्रेशन गरी दिशा जाने बाटो खोलेका थियौ, जसले गर्दा उहालाई मल निस्कासनमा अलि सजिलो भएको छ ।” डाक्टर अमात्यले भने । पछिल्लो समयमा उहााको

मस्तिस्कमा पनि संक्रमण फैलिएको शंका हामीले गरेका छौ जसले गर्दा उहालाई अहिले श्वास फेर्न गार्‍हो भईरहेको छ । उहाको उपचार आई.सी.यूमा राखी गरी रहेको छौ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.