default_image

9 years ago

July 24, 2016

नेपाल ‘बी’ सेमिफाइनलमा

123 views

0 Bookmark

नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

Veteran Table Tennis starts
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।
त्यस्तै समूह ‘ए’ बाट भारत ‘ए’ विजेता र माल्दिभ्स उपविजेता हुादै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । भारत ‘ए’ ले भारत ‘सी’, माल्दिभ्स र नेपाल ‘ए’ विरुद्ध समान ३–० को जित दर्ता गर्‍यो । माल्दिभ्सले नेपाल ‘ए’ लाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पाखा लगायो ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टको समूह ‘ए’ बाट भारत ‘ए’ विजेता तथा नेपाल ‘बी’ उपविजेताका रुपमा अन्तिम चारमा पुगे । समूह ‘बी’ बाट नेपाल ‘ए’ विजेता र भारत ‘सी’ उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरे ।
भारत ‘ए’ ले भारत ‘बी’, नेपाल ‘बी’ र पाकिस्तानलाई समान ३–० ले पन्छायो । नेपाल ‘बी’ ले भारत ‘बी’ लाई ३–० तथा पाकिस्तानलाई ३–२ ले निराश बनायो ।
त्यसैगरी, नेपाल ‘ए’ ले भारत ‘बी’ लाई ३–१, माल्दिभ्सलाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पराजित गर्‍यो । भारत ‘सी’ ले भारत ‘बी’ लाई ३–२ तथा माल्दिभ्सलाई ३–० ले हरायो ।
तीनदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]

February 19, 2025

च्याम्पियन्स ट्रफीको लाइभ आइसिसी टिभीमा

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]

Success

Thank you for your time.