5 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गल्फतर्फ पदक जित्ने खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
सागमा गल्फतर्फ सुवास तामाङले एकलतर्फ स्वर्ण तथा शुक्रबहादुर राईले कास्य पदक जितेका थिए । त्यस्तै पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण जित्दा महिलातर्फ कास्य हासिल गरेको थियो । पुरुषटिममा सुवास र शुक्रसँगै टंकबहादुर कार्की र निरज तामाङ रहेका थिए । महिला टिममा रविना श्रेष्ठ, कस्मिरा शाह र शुष्मा कोइराला रहेका थिए ।
सबै खेलाडीलाई संघले एक सेट टेलरमेडको गल्फ सेट प्रदान गरेको हो । उक्त सेटको बजार मूल्य झन्डै २ लाख रुपैयाँ रहेको छ । यस्तै संघले टोलीको प्रशिक्षकका रुपमा रहेका दीपक थापामगर र धनबहादुर थापा तथा व्यवस्थापकद्वय मदन राना र चुडाबहादुर (सीबी) भण्डारीलाई पनि सम्मान पत्र प्रदान गर्यो ।
संघले सागका दौरान टोलीको तयारीमा साथ दिने विभिन्न संघ तथा व्यक्तिहरुलाई पनि कार्यक्रममा सम्मान गर्यो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किशन अग्रवाल लगायतले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्ट्राइकर नवयुग श्रेष्ठलले पोखरा थन्डर्सबाट खेल्ने भएका छन्। हिजो भएको अक्सनमा क्याटगरी ‘बी’ मा रहेका उनी अनसोल्ड भएका थिए। उनको बेस प्राइस मात्र १ लाख ५० हजार थियो। तर पनि उनको लागि सातै टिमले फ्लयाग उठाएनन्। तर अक्सनको भोलिपल्ट पोखराले खरिद गरेका राम थापाले नखेल्ने भनेपछि उनको स्थानमा […]