5 years ago
March 4, 2020
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी पनि घाइते भएकी छिन् । नेपाल पुलिस क्लबविरुद्ध बुधबार छैटौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा विनिता घाइते भएकी थिइन् । खेलको तेस्रो सेटमा पुलिस २२–१४ ले अगाडि रहेको बेलामा उनी घाइते भएकी थिइन् ।
विनिताको दायाँ खुट्टाको कुर्कुच्चा भन्दा केहि माथि मांशपेशीमा चोट लागेको बताइएको छ । एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीका अनुसार उनको लिगामेन्ट टेयर भएको र डाक्टरका सल्लाअनुसार शल्यक्रिया गर्नुपर्ने छ । बिहीबार काठमाडौं फर्केपछि केहि दिनमा शल्यक्रिया गरिने केसीले बताए । एपिएफकै अस्पतालमा शल्यक्रिया गर्ने सल्लाह भएको उनले जानकारी दिए ।
महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी विनिताको नेतृत्वमा एपिएफले घरेलु भलिबलका अधिकांश प्रतियोगिताको उपाधि जितेको छ । यद्दपी बुधबार भने अर्को विभागिय टोली पुलिससँग एपिएफ ३–० को सोझो सेटमा पराजित भएको थियो । पछिल्लो केहि दिनमा घाइते हुने विनिता एपिएफकी तेस्रो खेलाडी हुन् । चोटकै कारण टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी र नेविका चौधरीले यस नेपालगन्ज यात्रा तय गरेका थिएनन् ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]