5 years ago
February 26, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल रियलको मैदान सान्टियागो बर्नबेउमा बुधबार राति १ः४५ बजेपछि हुनेछ ।
रियाल र सिटी २०१७ पछि पहिलोपटक खेल्न लागेका हुन् । यि दुई टोलीले २०१७ मा प्रि सिजनको च्याम्पियन्स लिगमा खेलेका थिए । रियल घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै क्वाटरफाइनलको यात्रालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको च्याम्पियन्स लिगको सर्वाधिक सफल रियल सिटीलाई पराजित गर्दै जितको लय पक्रने दाँउमा हुनेछ ।
रियल ला लिगाको पछिल्लो खेलमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिदा लेभान्टेसँग १–० ले स्तब्ध बनेको थियो । चोटबाट पुनरागमन गरेको बेल्जियन इडेन हजार्ड पुन: चोटग्रस्त बन्दा रियल समस्या परेको छ । हजार्डले लेभान्टेसँगको खेलमा चोट बोकेका थिए । रियलका प्रशिक्षक जिनेदिन जिदानले हजार्डले यो सिजन गुमाउन सक्ने बताएको छ ।
हजार्डविना पनि रियलले सिटीलाई पराजित गर्ने क्षमता राख्दछ । ग्यारेथ बेलले चोटबाट पूनरागमन गरेका छन् । बेलसँगै करिम बेन्जेमा, इस्को, क्यासमिरो, टोनी क्रुस, फेडरिको भालभेर्डे, कप्तान सर्जियो रामोस, फरल्यान्ड मेन्डी, राफयल भरान र ड्यानियल कार्भाहलको रियललाई साथ छ । यससँगै रियालसँग युवा स्टार रोड्रिगो र भिनिसियस जुनियरको पनि साथ छ ।
यता, घरेलु मैदानमा रियाललाई स्तब्ध पार्दै म्यानेचस्टर सिटी क्वाटर फाइनल प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुनेछ । पछिल्लो दुई खेलमा शत प्रतिशत जित निकालेको सिटी सोही प्रदर्शनलाई रियालविरुद्ध निरन्तरता दिँदै जित निकाल्ने दाउमा हुनेछ । रहिम स्टरलिङले चोटका कारण रियलविरुद्धको खेल गुमाउनेछन् । सर्जियो अगुइरोले सिटीको अग्रपङ्ति सम्हाल्नेछन् । उनलाई रियाद महारेज र बर्नाडो सिल्भाले साथ दिनेछन् । डेभिड सिल्भा, केभिन डि ब्रुयन, रोड्री र फर्नाडिन्होको साथ सिटीलाई रहनेछ ।
रियलले पछिल्लो पाँच खेलमा २ जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ । यता सिटीले पछिल्लो पाँच खेलमा ३ जित र दुई हारको नतिजा निकालेको छ । पछिल्लो नतिजा हेर्दा रियाल र सिटीबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यि दुई टोलीबीचको पछिल्लो ६ खेलमा रियल हावी भएको छ । रियलले ३ खेलमा जित हात पार्दा दुई बराबरी र १ हारको नतिजा निकालेको छ । पछिल्लो खेलमा सिटीले रियललाई ४–१ ले पराजित गरेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]