9 years ago
July 18, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई भोटको सहयोगार्थ ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रले मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
नयाँ बसपार्कमा सोमबार भारतविरुद्धको मैत्रीपुर्ण खेलको तयारीमा रहेका महिला खेलाडीलाई निलो र रातोको दुई समूह बनाई मैत्रीपूर्ण खेल खेलेका थिए । खेलमा मञ्जु गुरुङको कप्तानीमा रहेको नेपाल निलो जित हात पारेको थियो ।
प्रतियोगिताबाट विभिन्न खेलप्रेमीहरुको सहयोगबाट ३१ हजार रुपैया रकम संकलन भएको नेपाल भलिबल संघका सचिव तथा ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । उठेको रकममध्ये ढोरपाटन स्पोर्टस प्रशिक्षण केन्द्रबाट १६ हजार, एजेन्सीबाट १० हजार र नासा कलेजबाट नगद पाँच हजार रुपैया गरी ३१ हजार रुपैया संकलन भएको उनले जानकारी गराए ।
‘मैत्रीपुर्ण खेलबाट उठेको सबै रकम हामीले पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी प्रतिभा मालीलाई हस्तान्तरण गरिसक्यौ ।’ अध्यक्ष छन्त्यालले भने, ‘प्रतियोगिताबाट उठेको सहयोग रकमले प्रतिभालाई जिताउन मद्धत पुगोस भन्ने हाम्रो इच्छा हो । आशा उनले नै अवार्ड जित्नेछन् ।’
यस्तै अध्यक्ष छन्त्यालले नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको सन्दर्भमा यो खेललाई तयारीको रुपमा लिइएको पनि बताए ।
नेपालले भारतसँग यही साउन १३ र १४ गते दुईदिन मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]