5 years ago
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काल्सबर्ग गल्फ सिरिज अन्तर्गत पहिलो प्रतियोगिता टासी दोङले जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाइ फोर ह्यान्डीक्याप फर्माय्टमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जिते ।
उपाधि जित्ने क्रममा दुई ह्यान्डीक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे शेर्पा दोस्रो भए । उनले ३६ अंक बनाए । ग्रसतर्फ टासी छिरिङ सफल रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै एक इगल र छ बर्डी प्रहार गरेका थिए । यस स्पर्धामा माधव सिम्खडा दोस्रो भए।
महिलातर्फ आरति राणा पहिलो भइन् । उनीसँगै देवश्री राणाले समान २९ अंक बनाएपनि काउन्ट ब्याकमा आरति पहिलो भइन् । यसैगरी सिनियरमा ३६ अंक सहित तेज राई पहिलो हुँदा दिलिप रायमाझी दोस्रो भए । प्रतियोगितामा क्लोजेष्ट टु द पिनको उपाधि केसी गुरुङ, लङगेस्ट ड्राइभको उपाधि नीरभ कोइराला र मोस्ट बर्डिजको उपाधि टासि छिरिङले जिते ।
विजयी खेलाडीहरुलाई शनिबारै पुरस्कार वितरण गरिएको छ । सन् २०२० को काल्सबर्ग गल्फ सिरिजको यो पहिलो प्रतियोगिता हो । काल्सबर्ग सिरिज अन्तर्गत एक सिजनमा कुल तीन प्रतियोगिता हुनेछ । समग्रमा सबैभन्दा बढी अंक प्राप्त गर्ने खेलाडीले मुख्य उपाधि जित्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]