default_image

9 years ago

July 17, 2016

सातौं राष्ट्रिय खेलकुद मंसिरका लागि तय

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई पटक स्थगित सातौं राष्ट्रिय खेलकुदको पुनः नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको बोर्ड बैठक (१ सय ६) राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ७ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७३/०७४ को बजेटमा राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

95de17a9618b60379e2429eb5aeba7d9_L
गत बर्ष राखेपले मंसिर ११ देखि १८ गते र अर्को पटक फागुन १८ देखि २३ गतेसम्म सातौं राष्ट्रिय खेलकुद आयोजनाको मिति तय गरेको थियो । तर, दुवै पटक हुन सकेन ।
राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले १३ औं साग आयोजनाका विषयमा छलफल गरेको थियो । नेपालले दुई बर्षपछि आयोजनाको जिम्मेवारी पाएपनि सरकारले अहिलेसम्म आयोजक समिति गठन र्ग सकेको छैन । सरकारले साग मुल आयोजक समिति नबन्दा सम्म राखेप सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा साग तयारी डेस्क स्थापना गर्ने निर्णय भएको राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिए । राखेपले गत बर्ष सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिने निर्णय गरेको थियो ।

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

अस्ट्रेलियाले टस जित्यो

एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

Success

Thank you for your time.