default_image

9 years ago

July 16, 2016

वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि कसको पोल्टामा?

126 views

0 Bookmark

पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट महिला खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ:

Women's Player of the year

फुपू ल्हामु खत्री, जुडो
—१२ औं सागको स्वर्णसहित ५ पदक ।
—दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला ।
—राउन्ड रोबिनको आधारमा भएको ६३ केजीमुनिको स्पर्धामा चारै प्रतिद्वन्द्वीलाई हराएकी
—स्वर्णको लागि निर्णायक खेलमा भारतकी सुनीबालादेवी हुइदरमलाई वोजारीको आधारमा पराजित गरेकी । त्यसअघि श्रीलंकाकी डीवाईएल विजेबद्र्धने, बंगलादेशकी डोउसुइजिङ चौधरी कान्त र पाकिस्तानकी अम्ब्रिन मसिहलाई नकआउट गरेकी
—हङकङ ओपन जुनियर जुडो च्याम्पियनसिपमा रजत । हङकङ र चीनका खेलाडीलाई पराजित गरेपछि चाइनिज ताइपेईस“ग हारेकी
–मकाउ ओपन जुनियर जुडो च्याम्पियनसिपमा कांस्य । चाइनिज ताइपेलाई पराजित गरेपछि चीनस“ग हारेकी
—हंगेरी ओपन जुडो च्याम्पियनसिपमा कांस्य । स्थानीय खेलाडीलाई हराएकी
—अल ओपन जुनियर बुडापेस्ट कपमा तीन खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी
—वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पनि सहभागि

नीमा घर्तीमगर, उसु
—१२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी
—थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक
यसमा भारतकी स्वेच्छा जातव (१६.३३) ले रजत र पाकिस्तानकी मुबासरा अख्तर (१२.७०) ले कास्यपदक हात पारे ।
—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि । छनोट भएरपनि १७ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नपाएकी
—११ औं राष्ट्रिय उसु प्रतियोगितामा स्वर्णपदक

गौरिका सिंह, पौडी
—१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक । व्यक्तिगत ७ सहित १० राष्ट्रिय कीर्तिमान
—कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप २ राष्ट्रिय कीर्तिमान
—दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ राष्ट्रिय कीर्तिमान
—आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ राष्ट्रिय कीर्तिमान ।
—२० औं राष्ट्रिय पौडीको ६ स्पर्धामा सहभागि, सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण ।
—चार प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान

रोजा केसी, ट्रायथलन
—१२ औं सागमा १ रजत र १ कांस्यसहित २ पदक
— पौडी ७५० मिटर, साइक्लिङ २० किमी र दौड ५ किमी १ घन्टा १६ मिनेटमा पूरा गर्दै व्यक्तिगत स्पर्धामा कांस्य
—यमकुमारी घले, हिमाल थापा र रुद्र कटुवालस“गै मिक्स रिलेमा रजत
—चौथो राष्ट्रिय ट्रायथलन प्रतियोगितामा रजत

रेजिना कार्की, तेक्वान्दो
—१२ औं सागमा ४६ केजीमुनिको स्पर्धामा रजतपदक
—पहिलो चरणमा अफगानिस्तानी रजाई खादिजालाई ३—० र सेमिफाइनलमा भुटानकी कर्मा वङ्मोलाई ११—२ ले हराएकी । फाइनलमा ८—८ को बराबरीपछि पाकिस्तानकी यासमिन खानस“ग सडनडेथमा स्वर्ण गुमाएकी
—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि

छनोटमा परेका पाँच खेलाडीमध्य विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। कसले जित्ला त उपाधि? प्रतिक्रिया दिनुहोस!

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

Success

Thank you for your time.