9 years ago
July 15, 2016
पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ:
नवयुग श्रेष्ठ, फुटबल
—बंगबन्धु गोल्डकपमा च्याम्पियन । सर्बोत्कृष्ट खेलाडी । सर्बाधिक ४ गोल । माल्दिभ्सविरुद्ध ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पा“चौं खेलाडी ।
—१२ औं सागमा स्वर्णपदक । सर्बाधिक ७ गोल । दुई ह्याट्रिक । दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने दोस्रो नेपाली
—भारतस“गको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू
—राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबस“गै उपविजेता । सर्बाधिक १४ गोल । दुई ह्याट्रिक । उत्कृष्ट फरवार्ड
—झापा गोल्डकप र मदन भण्डारी गोलडकपमा च्याम्पियन । दुवैमा बेस्ट फरवार्ड
—सुमन भोम्जन स्मृति कप, हेटौंडा र पोखरा कपमा उपविजेता
विकास थापा, भारोत्तोलन
—१२ औं सागमा रजत
—६ खेलाडी सहभागि ६२ केजी स्पर्धामा स्न्याचतर्फ १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० गरी कुल २ सय ४२ केजीसहित कुल २ सय ४२ केजी उठाएको । करिअरकै सबभन्दा राम्रो प्रदर्शन ।
—स्न्याचतर्फ रोशन नकर्मी (१ सय १० केजी) को १४ बर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेको
—४५ औं एसियाली भारोत्तोलन च्याम्पियनसिप (फुकेट,थाइल्यान्ड) मा सहभागि
—प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप २०६८ मा पनि रजत ।
—१७ औं एसियाली खेलकुद र ११ औं सागमा पनि सहभागि
राजेश चौधरी, उसु
—१२ औं सागमा ५६ केजीमुनिको स्पर्धामा रजत
—सान्सौमा फाइनल पुग्ने एक्लो नेपाली पुरुष खेलाडी
—सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता
—पहिलो चरणमा बंगलादेश र सेमिफाइनलमा श्रीलंकालीलाई हराएको । फाइनलमा भारतका रवि पांचलस“ग पराजित
—आठौं एसियन जुनियर उसु च्याम्पियनसिपमा पनि कांस्य
वीरबहादुर महरा, तेक्वान्दो
—१२ औं सागमा ६३ केजीमुनि रजत जितेको
—सेमिफाइनलमा भुटानका छिमी वाङचुकलाई १७–५ र पहिलो चरणमा श्रीलंकाली दिलन सन्जीवालाई २०–१० ले पराजित गरेपछि फाइनलमा अफगानिस्तानका अहमद अली बक्सीस“ग ९–१२ ले हारेको ।
—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि
—शीर्ष खेलाडलाई हराएर सागमा छनोट भएको
विकेश कुथु, फुटबल
—बंगबन्धु गोल्डकप च्याम्पियन र १२ औं सागको स्वर्णपदक विजेता यू–२३ टिमका गोलकिपर । दुवै उपाधि २३ बर्षयता नेपालको लागि पहिलो
—बंगबन्धुमा उत्कृष्ट प्रदर्शन । ५ मध्ये चार खेलमा ‘क्लिन सिट’ । प्रतियोगितामा १ गोल मात्र खाएको
—१२ औं सागमा तीन खेलमा गोलपोष्ट सम्हाल्दा ४ गोल बेहोरेको
—बंगलादेशस“गको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू
—राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लब उपविजेता हुदा सबभन्दा कम (६ गोल) बेहोरेको । लिगको १६ खेमला ११ क्लिन—सिट
—झापा गोल्डकप र मदन भण्डारी गोल्डकपमा जितेको । सुमन भोम्जन स्मृति कप (हेटौंडा) र पोखरा कपमा उपविजेता
छनोटमा परेका पाँच खेलाडीमध्य विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। कसले जित्ला त उपाधि? प्रतिक्रिया दिनुहोस!
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]