5 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन् ।
पोखरास्थित हिमालयन गल्फ कोर्षमा शिवरामले १ अन्डर ६८ स्कोर जोड्दै पहिलो दिन अग्रता लिएका हुन् । उनलाई १ स्ट्रोक पछाडी रहेका धनबहादुर थापाले पछ्याएका छन् । शिवरामले फ्रन्ट नाइनमा १ अन्डर ३३ तथा ब्याक नाइनमा इभन पार ३५ स्कोर बनाए । धनबहादुरले फ्रन्ट नाइन र ब्याक नाइन दुवैमा इभन पार स्कोर लेखाए ।
संयुक्त तेस्रो स्थानमा १ ओभर ७० स्कोरसहित धरानका तीन गल्फर शुक्रबहादुर राई, बलभद्र राई (मणि) र निरज तामाङ रहेका छन् । अघिल्लो महिना इस्टर्न ओपन जितेका बलभद्र लगातार दोस्रो उपाधिको खोजीमा छन् । इस्टर्न ओपनमा एमेच्योर उपाधि जितेका निरजले भने यस प्रतियोगितामा व्यावसायिक गल्फरका रुपमा डेब्यु गरेका छन् । उनले दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउँदा प्रो छनोट खेल्न नपाएपछि एनपीजीएले उनकै अनुरोधमा प्रो कार्ड प्रदान गरेको हो ।
भुवन कुमार रोक्का र भुवन नगरकोटी २ ओभर ७१ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन् । रवी खड्का र जयराम श्रेष्ठ ३ ओभर ७२ स्कोरसहित संयुक्त आठौं स्थानमा रहेका छन् । दशौं स्थानमा रहेका रवी खड्काले ४ ओभर ७३ स्कोर बनाएका छन् ।
एमेच्योरतर्फ जितेन्द्र राई ५ ओभर ७४ स्कोरसहित पहिलो छन् भने उनलाई १ स्ट्रोक पछाडी रहेका सुरेश लामाले पछ्याएका छन् । कुल ४८ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३२ व्यावसायिक र १६ एमेच्योर गल्फर छन् । कुल ७ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्नेले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ५५ हजारमा चित्त बुझाउनेछन् । दुई दिनको खेलपछि शीर्ष २४ व्यावसायिक र ६ एमेच्योर खेलाडीले कट पार गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]