5 years ago
February 8, 2020
एजेन्सी – भारतसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली न्युजिल्यान्ड २२ रनले विजयी भएको छ । योसँगै तीन ओडीआई सिरिज घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै २-० ले जितेको छ । जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको भारत ४८.३ ओभरमा अल आउट हुँदै २ सय ५१ रनमा समेटियो ।
भारतका अलराउन्डर रविन्द्र जडेजाले ७३ बलमा २ चौका र १ छक्का सहित ५५ रनको योगदान दिए । युवा ब्याट्सम्यान श्रेयर ऐर ५७ बलमा ७ चौका र १ छक्का सहित ५२, पृथ्वी शा २४, मयंक अग्रवाल ३, विराट कोहली १५, लोकेश राहुल ४ रनमा आउट भए । तल्लोक्रममा नवदीप सैनीले ४९ बलमा ५ चौका र २ छक्का सहित ४५, शार्दुल ठाकुर १८ र युजभेन्द्र चहल १० रनमा आउट भए ।
न्युजिल्यान्डका हशिम बेनेट टिम साउदी, काइल ज्यामीसन र कोलिन डी गा्रन्डहोमले २-२ विकेट लिए । त्यसअघि इडेन पार्कमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७९ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७९ रनको योगदान दिए ।
त्यस्तै अनुभवी ब्याट्सम्यान रस टेलर ७४ बलमा ६ चौका र २ छक्का सहित ७३ रनमा अविजित रहे । हेनरी निकोलस ४१, काइल ज्यामीसन २५, टम ब्लन्डेल २२, टम लेथम ७, जेम्श निशम ३ र कोलिन डी गान्डहोमले ५ रन जोडे ।
भारतका स्पिनर युजभेन्द्र चहलले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर २ र रविन्द्र जडेजाले १ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोली सोमवार स्वदेश फर्केको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८-६ ले पराजित गरेको […]
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]