5 years ago
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले बुलबुले रारा भलिबल क्लब (बीआरसी) माथि ३–० को सोझो सेटमा जित हात पार्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । अपराजित रहेको एपिएफको ५ खेलबाट १४ अंक पुगेको छ । एकपक्षीय खेलमा एपिएफले बीआरसीमाथि २५–२०, २५–१२ र २५–१० को सहज जित हात पारेको थियो ।
आफ्ना मुख्य स्पाइकर प्रतिभा मालीविना लिग खेलिरहेको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले लिगमा पहिलो हार बेहोर्दा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको छ । प्रतिभाविना फितलो देखिएको डायमन्डले आर्मीलाई २५–२०, २५–१५ र २५–१२ ले नतिजा सुम्पियो । यस जितले आर्मीले ४ खेलबाट ९ अंक जोडेको छ । डायमन्डको ५ खेलबाट १२ अंक छ ।
यता, तीन इरानी खेलाडी समावेश गरेको चितवन टाइगर्सले दोहोरो जित हात पारेको छ । चितवनले पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । दोहोरो जितसँगै चितवनले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा चितवनले सेवलाई २५–८, २५–७ र २५–५ को सहज जित निकाल्दा दोस्रो खेलमा पारामाउन्टको चुनौती २५–१३, २५–११ र २५–१२ ले पन्छायो । पारामाउन्टले ६ खेल खेल्दा ३ अंक मात्रै जोड्न सफल भएको छ ।
सोमबारै विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–१६, २५–१० र २५–७ को सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । पुलिसको ५ खेलबाट १३ अंक पुगेको छ । पुलिससँग पराजित भएको ढोरपाटनले पारामाउन्टमाथि २५–११, २५–१४ र २५–१३ को सहज जित हात पार्यो । ढोरपाटनको ५ खेलबाटै ९ अंक छ । लिगमा मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]