5 years ago
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको ‘सम्झना कप खुल्ला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता शनिवार देखी माघ २५ सम्म हुने भएको छ । ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्स प्रा.ली.को व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको बारे काठमाडौंमा मंगलबार अखिल नेपाल टेबुल टेनिस संघले जानकारी दिएको छ ।
लैनचौर स्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल सहित, भारत, दक्षिण कोरिया र पाकिस्तानका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा तीन विभागिय खेलाडी सहित अखिल नेपाल टेबुल टेनिस संघमा आवद्ध जिल्लाहरु तथा स्कुल र कलेजबाट ५ सय २४ खेलाडीको सहभागिता रहने छ । समान १४ स्वर्ण, रजत र २८ कास्यका लागि प्रतिस्पर्धा हुने छ ।
उक्त प्रतियोगितामा मेन्स सिङ्ग्ल (ओपन), वुमेन्स सिङ्ग्ल (ओपन), मेन्स भेटान्टस सिङ्ग्ल( ४० माथि), मेन्स भेट्नान्स(५५ माथि) , मेन्स सिङ्ग्ल (कलेजं) लेडिज सिङ्ग्ल (कलेज), ब्वाइज सिङ्ग्ल(१६ वर्ष मुनि), गल्स सिङ्ग्ल(१६ वर्ष मुनी) , ब्वाइज सिङ्ग्ल ( १४ वर्ष मुनी), ब्वाइज सिङ्ग्ल (१२ वर्ष मुनी), ब्वाइज सिङ्ग्ल (१० वर्ष मुनी), तथा गल्स ब्वाइज सिङ्ग्ल(१० वर्ष मुनि) गरि १४ विधामा प्रतिस्पर्धा हुने छ ।
भारतबाट उच्च वरियतामा रहेका आदर्श ओम क्षेत्री सहित खेलाडीको सहभागिता रहने ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको ओपन इभेन्ट्समा प्रथम हुनेले रु ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउने छन् । भेट्नान्स सिङ्गलको दबै विधाको प्रथम हुनेले १० र दोस्रो हुनेले ५ र तेस्रोले २५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल बजेट १० लाख ५० हजार रहेको छ ।
उक्त प्रतियोताको समापनको दिन हालसालै नेपालमा सम्पन्न १३ औं दक्षिण एसिया खेलकुल प्रतियोगितामा टेबुल टेनिस खेलतर्फ पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसलहरुलाई सम्मान तथा टेबल टेनिस खेलमा आफ्नो जीवन समपर्ण गर्ने एक ब्यक्तित्वलाई लाइफ टाइम अचिप्मेन्ट अवार्डबाट सम्मानित गरिने छ ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]