default_image

5 years ago

January 27, 2020

श्रीलंकाका पूर्व कप्तान थरंगाले इपिएल खेल्ने

128 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व कप्तान तथा बायाँ हाते ओपनर ब्याट्सम्यान उपुल थरंगाले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका छन् ।

श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका छन् । टेष्टमा ३ शतक र ८ अर्ध शतक सहित १७ सय ५४ रन बनाएका छन् ।

ओडीआईमा उनले १५ शतक र ३७ अर्ध शतक सहित कुल ६ हजार ९ सय ५१ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७४ नट आउट छ । २६ टि ट्वान्टी खेलमा ४ सय ७ रन बनाएका छन् ।

त्यस्तै वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथले इपिएल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिका पुर्व कप्तान हसिम अमलाले पनि इपिएल खेल्ने पक्का भएको छ । यस पटक इपिएल खेल्ने ठूला नाम आउने क्रम जारी छ ।

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

February 28, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – पहिलो दिन पुलिसको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम‌ गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]

February 28, 2025

१४ औं सागको मिति तयको स्वागत, एनओसीको नाममा सहभागितामा आपत्ति

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]

Success

Thank you for your time.