default_image

5 years ago

January 24, 2020

न्यु डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा शुक्रबार भएको फाइनलमा होंगान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पहिलो सेट २५-२३ ले जितेको थियो । अधिकांश समय न्यु डायमण्डले अग्रता लिएपनि एपीएफ विजयी रहयो । दोस्रो सेटमा पनि न्यु डायमण्डले अन्तिम समयमा लय गुमाउन पुग्दा सेट २५-२१ ले सुम्पियो ।

तेस्रो सेटमा स्कोर २२-२० को अवस्थामा रहँदा प्रतिभा माली स्पाइक प्रहार गरेपछि लड्न पुग्दा खेल रोकिएको थियो । गम्भीर चोट बोकेपछि प्रतिभालाई हस्पिटल लागिएको थियो । उक्त सेट न्यु डायमण्डले २५-२३ ले जित्यो । चौथो सेटमा एपीएफ २५-१८ ले विजयी हुँदै उपाधि रक्षा गर्न सफल रहयो ।

त्यसअघि प्रतियोगिताको तेस्रो स्थानको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे । पुरुष तर्फ आर्मीले २५-१८, २५-१८, २५-२० को अन्तरमा जित दर्ता गर्दै ५० हजार रुपैयाँ हात पार्यो । महिलातर्फ पनि आर्मी २५-२२, २५-१३, २५-२१ ले विजयी रहयो ।

यसअघि बिहीबार भएको सेमिफाइनलमा दुवै विभागीय टोली पराजित भएका थिए । महिला र पुरुष दुवैतर्फ फाइनल खेल आज हुनेछ । पुरुषतर्फ नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब उपाधिका लागि खेल्नेछन् । महिलामा एपीएफले होंगान्जी न्यु डायमण्डसंग खेल्नेछ ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.