5 years ago
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एनआईसी एशिया बैंक लिमिटेडले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल विभागिय नेपाल एपिएफ क्लबका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बल (एपिएफ) को १९औं स्थापना दिवसको अवसरमा सागमा विभिन्न विधामा पदक विजेता खेलाडी एक मुष्ट पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैया हस्तान्तरण गरेको हो ।
पुरस्कार रकमको चेक एनआईसी एशिया बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरिक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरे । मंसिर १४ गते काठमाडौंमा सम्पन्न १३ औं सागमा नेपालले पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।
५१ स्वर्ण पदक जितेको नेपालले ६० रजत र ९५ कास्य पदक गरि कुल २ स्य ६ पदक जितेको हो । ३५ वर्षे साग इतिहासमा नेपालको यो अहिले सम्मै सर्वाधिक सफल साग हो । पदक जित्नेमा अधिकांश खेलाडी एपिएफसँगै अन्य दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लबका रहेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]