5 years ago
January 20, 2020
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत प्रदेश १ को एकमात्र प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनर मंगलबार सुरु हुँदैछ । सुनसरीको धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने प्रतियोगिता जारि सिजनको दोस्रो प्रतियोगिता हो ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा स्थानीय ७ सहित कुल ३४ व्यावसायिक गल्फरहरुले प्रतिस्पर्धा गर्नेछन् । तीन दिन चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन र कोर्षसँग अभ्यस्त हुन केहि दिन अघिदेखि नै घोपाक्याम्पमा रहेको कोर्षमा गल्फरहरु पुगिसकेका छन् । सल्लाको रुखले घेरिएको कोर्ष प्रतियोगिताका लागि विशेष परिमार्जन गरिएको छ ।
सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैयाँ पाउने छन् । शीर्ष २४ व्यावसायिक गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । शुक्रबार हुने प्रो-एम इभेन्टमा व्यावसायिक खेलाडीले एमेच्योर खेलाडीसँग टोली गठन गरेर प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता तथा यसै सिजन एमेच्योरबाट व्यावसायिक गल्फ सुरु गरेका स्थानीय गल्फर शुक्रबहादुर राई प्रतियोगिताको उपाधि दावेदार हुन् । उनलाई नम्बर १ उमेश नगरकोटी, एक महिनाअघि सेन्ट्रल ओपन जितेका शिवराम श्रेष्ठ लगायतले चुनौती पेश गर्नेछन् । प्रतियोगितामा १६ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्थानीय खेलाडी रितेश तामाङ र निरज तामाङलाई उपाधि दावेदारको रुपमा हेरिएको छ ।
सुरुवाती दुई दिनको स्कोरपछि शीर्ष २४ व्यावसायिक खेलाडीले अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । यसबाहेक शीर्ष ६ एमेच्योर र व्यावसायिक खेलाडीको कट स्कोर पार गर्नेले अन्तिम दिन खेल्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]