5 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खराब मौसमका कारण होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आयोजक न्यू डायमन्ड क्लब र नेपाल पुलिस क्लबबीचको खेल रद्द भएको छ । बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगिताको तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको थियो ।
समूह बीको त्यो खेलमा न्यू डायमण्डले २–१ को अग्रता बनाएको थियो । त्यस्तै जारी चौथो सेटमा भने पुलिस २०–१५ ले अगाडि थियो । सुरुवाती दुई सेट जितेको न्यु डायमण्डले त्यसपछि भने लय गुमाएको थियो । पहिलो दुई सेट न्यु डायमण्डले २५–२२, २५–१७ ले आफ्नो पक्षमा पार्यो भने तेस्रो सेट १८–२५ ले गुमाएको थियो । राष्ट्रिय महिला भलिबल टोली की कप्तान अरुणा शाही न्यु डायमन्डबाट खेलिरहेकी छिन् ।
त्यसअघि दुई खेलमा साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका थिए ।
एकपक्षिय खेलमा आर्मीले पारामाउन्ड इङ्लिस बोर्डिङ स्कुललाई २५–६,२५–१८,२५–९ ले हराएको थियो । त्यसअघि समूह एकै अर्को खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले पोखराको टप्स माविलाई २५–११,२५–१० र २५–६ ले हराएको थियो । समूह ‘बी’मा अर्को टोली ढोरपाटन स्पोर्टस् क्लब रहेको छ ।
लिग कम नकआउटका आधारमा हुने खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ । मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोली सोमवार स्वदेश फर्केको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८-६ ले पराजित गरेको […]
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]