9 years ago
July 1, 2016
नेपाल खेलुकद पत्रकार मंचले आगामी साउन ६ गते आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गत ‘पिपल्स च्वाइस’ विधाको मनोनयन आज सार्वजनिक गर्दैछ।
विगतमा ‘पपुलर प्लेयर अफ द इयर’ नामबाट अवार्ड दिइंदै आएकोमा यो पटक भने नाम परिवर्तन गरेर ‘पिपल्स च्वाइस अवार्ड’ नाम दिइएको छ मनोनयनमा पाँच खेलाडीको नाम सार्वजनिक गरिने र सबैभन्दा बढी भोट पाउनेले अवार्ड जित्ने व्यवस्था रहिआएको छ।
मंचले हरेक साल गर्दै आएको स्पोर्ट्स अवार्ड गत साल भूकम्पका कारण स्थगित गरेको थियो।
यसअघी नै डीस होम संग सहकार्य गर्दा भोटिंग गर्ने पाँच भाग्यशाली भोटरले डीस होमको सेट-टप बक्स उपहार पाउने पनि जानकारी दिइएको थियो।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]