default_image

5 years ago

January 2, 2020

सुवासको आरामदायी अग्रता

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार सुवास तामाङले फाल्डो सिरिज जुनियर गल्फको दोस्रो दिन आरामदायी अग्रता बनाएका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार दोस्रो दिनको खेल सकिदा १३ औं सागका दोहोरो स्वर्णधारी सुवासले १७ स्ट्रोकको अग्रता लिएका छन् । १७ वर्षदेखि २१ वर्षको उमेर समूहमा सुवासले बिहिबार ६ अन्डर ६६ स्कोर बनाए । उनले समग्रमा ९ अन्डर १ सय ४४ जोड्दा दोस्रो स्थानमा भारतका अभिराजसिंह चौहानले लगातार दोस्रो दिन ४ ओभर ७६ स्कोर जोडे । तेस्रो स्थानमा सुदीप तामाङले १ सय ७२ स्कोर बनाएका छन् ।

१२-१६ वर्ष उमेर समूहमा १५ वर्षीय रितेश तामाङले १ ओभर ७३ सहित कुल ४ ओभर १४८ स्कोर गरेका छन् । १३ वर्षका सद्भाव आचार्यले ३ ओभर ७५ सहित कुल ९ ओभर १ सय ५३ स्कोर जोडेका छन् । सुदिप तामाङ (१८२) तेस्रो र कृष्ण परियार (१८५) चौथो स्थानमा रहेका छन् ।

गर्ल्सतर्फ कश्मिरा शाहले ५ ओभर ७७ सहित कुल १८ ओभर १ सय ६२ स्कोर बनाएकी छिन् । रविना श्रेष्ठ (१८०) दोस्रो र प्रतिभा राई (१८४) तेस्रो स्थानमा रहेकी छिन् ।

नेपाल गल्फ एसोसियसनले फाल्डो सिरिज ५४ होलमा पुस १८ गतेसम्म संचालन हुनेछ । निक फाल्डोले १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको शुरुवात गरेका थिए । अहिले यो सिरिज २७ देशमा आयोजना हुदै आएको छ ।  सिरिजमा पुरुषका १२ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिजमा साबिकको विजेता तथा १३औं सागका स्वर्णधारी सुवास तामाङसहित २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४ महिला खेलाडीको पनि सहभागिता रहेको छ । पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ । सिरिजको १७ देखि २१ र १२ देखि १६ वर्षको उमेर समूहको गर्ल्स र ब्वाइज विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाल्डो सिरिज एसियाको फाइनल चरणका लागि छनोट हुनेछन् ।

February 23, 2025

सन्तोषी र मिङगमार टेन के रन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन धादिङकी सन्तोषी श्रेष्ठ र मिङगमारसिंह तामाङले साइन रेसुङगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतवार भएको दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङगमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले १ लाख रुपैयाँ प्राप्त गरे । काठमाडौंमा प्रधानसेनापति म्याराथनको हाफ म्याराथन जितेको भोलि पल्ट सन्तोषीले निर्धारित दुरी […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

एनएसएल र बि डिभिजनको जुधाईमा खेलाडीको मिचाई

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि शनिबार राजधानीमा सहभागी टोलीले टिम निर्माण गर्न खेलाडीलाई अक्सनमार्फत खरिद गरे । सहभागी ७ टिमले ए र बी श्रेणीका खेलाडी खरिद गर्दा झन्डै १ करोड ४० लाख रुपैयाँ खर्चिए । यसबाहेक सबै टोलीले मार्की खेलाडी पनि रोजेका छन् । तर अक्सन सकिएको भोलिपल्ट नै […]

Success

Thank you for your time.