5 years ago
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि सम्पन्न सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टका रजत र कास्य पदक विजेता खेलाडीका लागि पुरस्कार नभएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तत्काल घोषणाको माग गरेको छ ।
मंसिर २४ गते साग सकिएको भोली पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्दै व्यक्तिगत स्पर्धाका विजेतामध्ये स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।
सोही अवसरमा टिम इभेन्ट्समा स्वर्ण जित्ने टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा भएपनि रजत र कास्य पदक विजेता टोलीका खेलाडीको विषयमा भने पछि निर्णय गरिने बताइएको थियो । तर, अहिले सम्म त्यसको कुनै निर्णय सार्वजनिक भएको छैन । संघले टिम इभेन्ट्सका पदक विजेता खेलाडीका लागि पुरस्कार तत्काल घोषणा गरि खेलाडीको मनोबल घट्न नदिन अनुरोध गरेको छ ।
नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेको स्मरण गराउँदै खेलाडी संघले भनेको छ,‘ त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं ।’
इतिहासमै सबभन्दा बढि ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक सहित कुल २ सय ६ पदक जित्दै १३ औं सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
देशलाई सर्वाधिक पदकका साथ ऐतिहासिक रुपमा दोस्रो स्थान दिलाउन नेपाली खेलाडीको मेहनत, परिश्रम र संघर्षको जति प्रशंसा गरे पनि कम हुने जनाउँदै खेलाडी संघले भनेको छ ,‘ सिमित स्रोत र साधनका बावजुद नेपाली खेलाडीले १३औं सागको सफलतामा गरेको योगदान अतुलनीय रहेको सम्पूर्ण नेपाली खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ठहर गरेको छ ।’
साग आयोजना गर्दै खेलाडीलाई यस्तो अमुल्य अवसर जुटाइ दिएकोमा संघले सम्पूर्ण खेलाडीका तर्फबाट नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र एनओसीलाई आभार प्रकट समेत गरेको छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]